यि हुन ज्यानको माया मा’रेर लिपुलेक पुगेर नेपाली झण्डा गाड्ने युवा(भिडियो)

काठमाडौं । भारतले अक्रिमण गरेको दार्चुलाको लिपुलेकमा पुगेर नेपाली झण्डा गाड्ने एक युवाले मुख खोलेका छन् । हाल प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य समेत रहेका रत्न ढकालले युवाहरुको समूहको नेतृत्व गर्दै लिपुलेकमा पुगेर नेपालको झण्डा गाडेका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको सन्देश प्रवाह गर्न र भारतलाई खबरदारी गर्न आफूहरु त्यहाँ पुगेको उनले एक विशेष अन्तर्वार्तामा बताएका छन् ।

अखण्ड नेपालको भूमि भारतले अतिक्रमण गर्दै गएको भन्दै उनले आक्रोश ब्यक्त गरेका छन् । भारतले नेपाली भूमिमाथिको अतिक्रमण नरोके सारा नेपाली लिपुलेक पुग्ने उनले चेतावनी दिए । ‘यो खालको अतिक्रमण नरोकिए राष्ट्रिय अभियान चलाएर हामी सारा युवा, देशभक्त नेपाली नागरिक त्यहाँ पुग्नुपर्छ र आफ्नो भूमिको रक्षार्थ लड्नुपर्छ’, उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार