आमा बन्दै चर्चित मोडल अञ्जली अधिकारी …(फोटो फिचर)

काठमाडौं २९ कार्तिक / पछिल्लो समयको चर्चित मोडल तथा डान्सर अञ्जलि अधिकारीको चर्चा चौतर्फी चुलिएको छ । उनी फिचर्ड म्युजिक भिडियोहरु दर्शकहरुले खोजि-खोजि हेरिरहेका छन् ।लोकप्रिय गायक तथा मोडल प्रकाश सपूतको “बोल माया” गीतको भिडियोमा जीवन्त अभिनय गरेर थप चर्चामा आएकी मोडल अधिकारीलाई अहिले स्टेज कार्यक्रम र नयाँ नयाँ म्युजिक भिडियोमा काम गर्न भ्याइनभ्याई छ ।

उनले सपूतकै “गलबन्दी” गीतमा पनि उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । उक्त गीतको भिडियोमा सोझी केटीको भुमिकामा प्रस्तुत गरेकी अन्जलीलाई धेरैले लज्जालु मोडल भनेर पनि प्रसंसा गरेका थिए ।हालै सार्वजनिक भाइरल बाल गायिका ११ बर्षिया कमला घिमिरेको पहिलो गीतको भिडियोमा देखिएकी अञ्जलि अधिकारीले नयाँ भिडियो सुटिङको क्रममा कैद गरिएको केहि तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

तस्बिरमा झट्ट हेर्दा उनी आमा बन्न लागेको देख्न सकिन्छ , तर उक्त तस्बिर सुटिङको क्रममा खिचिएको भनेर समेत उल्लेख गरेकि छिन् । भिडियोमा उनको कस्तो भुमिका होला भन्ने जान्न चाहि केही दिन कुर्नै पर्ने हुन्छ ।उनी वास्तविक जीवनमा भने अविवाहित नारी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार