‘लाउछ माया’ टिमको “निष्ठुरे”(भिडियो सहित)

काठ्माडौं, पछिल्लो समय नेपाली लोक बजारमा निकै उत्कृष्ट गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ।धेरै गीतहरु करोडौ क्लवमा प्रवेश गरेको पाईन्छ ।एती बेला बाजारमा अर्को निकै उत्कृष्ट गीत सार्वजनिक भयको छ।

चर्चित गायक कुलेन्द्र विश्वकर्मा र गायिका सरिता कार्किको नयाँ गीत “निष्ठुरे”शूक्रवार साँझ सार्वजनिक भएको हो।

यो गीतमा लय/शब्द शिव हमालको रहेको छ, माया प्रेमको कथाबस्तुमा तयार गीतको शव्द पनि मर्मस्पर्शी छ । यसअघि कुलेन्द्र र सरिताले धेरै गीतमा सहकार्य गरेका छन् र कयौ गीतहरु चर्चामा छन् । “खोलिमा जलुका” , “लाऊछ माया” जस्ता चर्चित गीतहरुमा सहकार्य गरिसकेका कुलेन्द्र र सरिताको यो गीतले कत्तीको सफलता पाउछ त्यो भने हेर्न बाँकीनै छ।

यो गीतको भिडियोमा महेन्द्र गौतम र करिष्मा ढकालको रहेको छ भने भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन्।

पछिल्लो समय शिब हमालको शब्द अनी लय शृजनामा रहेको “लालुमै” बोलको गीत अत्याधिक चर्चामा छ ,गीत सार्वजनिक भयको ५० दिनमै यूटूबमा एक करोड भन्दा बढि पटक हेरीएको छ,गीतमा स्वर सन्दिप न्यौपाने र बिष्णु माझीले दिएका छन। गीतले चौतर्फी चर्चा बटुली रहँदा आउनुहोस जानौ शिब हमालको सांगेतीक यात्रा बारे केही जानकारी…

शर्जक तथा गायक शिब हमालको जन्म स्याङ्जा जिल्लाको मल्याङकोट मा भएको हो, उनले श्रि राम मन्दिर उच्च माध्यमिक बिध्यालय बाट आफ्नो अध्यान को सुरुवात गरेका थिए।

उनी सानै देखी संगीतमा रमाउने गर्थे, स्याङ्जा जिल्ला आफुमा आफै एउटा संगीतको उर्भर भुमी हो। यो जिल्लाने नेपाली सांगेतीक क्षेत्रमा थुप्रै कलाकारहरुको जन्म दिएको पाईन्छ।यसै जिल्लाको यउटा ग्रामिन क्षेत्रमा जन्मेका शिव हमाल अहिले सबैको मन-मनमा बस्न सफल एक हस्ती हुन्।

सानै देखी नेपाली संगीत क्षेत्रलाई अत्याधिक माया गर्ने उनी गाउँ-घरमा चाडपर्वका बेला खुब गीत गाउने गर्थे ,गाउँमा विवाह,पुजा-पाठमा अक्सर शिव हमालले खुब दोहोरी गाउने गर्दे। त्यस्तै उनी स्कुलमा हुने शुक्रवारे कार्यक्रमहरुमा पनि सहभागीता जनाउने गर्दथे

बेला-बेलामा स्कृल अनी बिभिन्न कल्बहरुले आयोजना गरेका सांस्कृतीक कार्यक्रमहुरमा सहभागी हुने उनी कहिल्लै रित्तो हात फर्केन्न,जहाँ सहभागी हुन्थे उत्कृष्ट श्रेणी ल्यायरै घर फर्कन्थे।

उती बेलाको समयमा एउटा नयाँ कलाकारलाई एल्वम निकाल्न त्यती सहज थिएन ,संघर्ष गर्दै अघाडी बढी रहेका शिव लाई कहाँ जाने,गीत कसरी निकाल्ने केही थाहां पत्तो थिएन ,तर पनि शिबले हार भने कहिलै मानेन्न। संघर्ष गर्दै जाने क्रममा काठ्माण्डौं छिरेका शिवलाई पहिलो बर्ष काठ्मण्डौंको भिड-भाडमा घुलेमेल हुन अत्यन्त कठिन भएको थियो।

त्यो एक बर्षको कठीन समय बटा उनले जिन्दगीमा धेरै पाठ सिकेको बताउछन,उनी सुनाउछन काठ्मण्डौंको ठाउ,न गोजीमा पैसा ,न काम नै थियो दिन भरी बिभिन्न क्यासेट कम्पनीहरुमा घुम्दै दिन बित्थ्यो, साँझ पख दोहोथी साँझ जाने गर्थे तर सुत्ने कहाँ सधै चिन्ता हुन्थ्यो। त्यहीं संघर्षले मलाई कहिलै घमण्ड गर्न दिएन उनी भन्छन २०६३ साल देखी औपचारीक रुपमा सांगेतीक क्षेत्रमा लागेको मैले त्यस पछी कहिंलै पछाडी फर्किनु परेन,मलाई दुखको भोगाईले कहिलै थकित महसुस हुन दिएन।

उनले पहिलो गीत २०६३ सालमा “सम्झनामा आँशु झरेको” गायक रामजी खाँड संगको सहकार्यमा बजारमा ल्याएका थिय जुन गीत बजारमा ठिक्-ठिकै मात्रामा चलेको थियो,त्यस पछी उनको दोश्रो गीत २०६४ सालमा “मन परेको फुल खसेको”बजारमा आयो जस्ले बजारमा राम्रो सफलता हात परेको थियो,त्यस्तै २०६५ सालमा शिब हमालको बजार मा अर्को कोशेली आयो “देउरालीको भट्टी पसल”जुन गीतले अत्यधीक मात्रामा चर्चा कमाएको थियो।

त्यस पछिका उनका गीतहरु “पछ्यौरी लेउ बैना” “रक्षा गर हरी” “पार्यौ मलाई रुन मायालु” “कस्लाई सोध्ने होला” “हाँस्न सिकायौ” “मेरी सानु कहाँ छौ” जस्ता गीले बजारमा तहल्का पिट्न सफल भएका थि करीब एक हजार सात सय भन्दा बढी गीतहरुको शृजना गरी सकेका शिबले आफ्नो स्वरमा भने कमै गीत गायको पाईन्छ,उनी भन्छन शर्जक शिब हमालले गायक शिब हमाललाई सधै ओझेलमा पारी रह्यो

शिब हमाल आफैले गायका केही गीतहरु…

•धर्म कर्म गर्छु की
• स्वस्थानी
•झम्के फुली
•लालु पाते बामरी
जस्ता दुई दर्जन बढि गीतहरुमा शिव हमाल आफैले स्वर दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार