काठमाडौं । आज ९शनिबार० अमेरिकी डलरसहित प्रायः सबै देशको मुद्राको भाउ घटेको भएपनि यूके पाउण्डको भाउ भने थोरै बढेको छ । नेपाल राष्ट्रबैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ३० पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४१ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ १४ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।