घोरी बाबाकी श्रीमती भन्छिन, मासिक १० लाख भन्दा बढी कमाउथे किन ठग्न पर्यो ?

काठमान्डू,
‘अघोरी बाबा’ का रूपमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन् ।

आफूसँग अमेरिकाको ग्रिनकार्डसमेत रहेको बताउने पाण्डेले अमेरिकामा मासिक १० लाख रूपैयाँभन्दा बढी कमाउने जागिर छोडेर बाबासँग बिहे गर्न नेपाल आएको बताइन् । काठमाडौंमा आफ्नो १७ करोड रूपैयाँ हाराहारीको घर सम्पत्ति रहेको भन्दै उनले आफूलाई सम्पत्तिको लोभ नभएको पनि दाबी गरिन् ।

सांसारिक लोभ र मोहबाट दिक्दारी भएर बाबासँग बिहे गर्न पुगेको उनको भनाइ छ ।

पाण्डेमाथि चितवनकी एक युवतीलाई ठगेको आरोप छ । उनी अहिले प्रहरी हिरासतमा छिन् । आफ्नै पूर्व श्रीमान् गोविन्द अधिकारीलाई दाइ हो भन्दै चिनाएर बिहे गराएको र बिहेपछि दाइले अमेरिका लैजाने कथा बुनेको अभियोग पाण्डेमाथि छ । पाण्डेले आफूसँग रकम असुल गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार