काठमान्डू,
भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । उनी एक प्रदर्शनी खेलका लागि शुक्रबार अबेर राति नेपाल आइपुगेका हुन् । तेन्दुलकर नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११.०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनी शनिबार नै फर्कंदै छन् । उनी युनिसेफको सद्भावना दूतको हैसियतमा नेपाल आएका हुन्। काठमाडौं आइपुगे लगत्तै त्रिभुवन विमानस्थलमा सचिनले नेपाल आउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान किर्तिपुर स्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्दैछन्। खेल १० ओभरको हुनेछ ।
बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो। प्रहरी स्रोतका अनुसार सचिन दिउँसो काभ्रेपलाञ्चोकको एउटा कार्यक्रममा सहभागि हुनेछन्। धेरै समर्थकले क्रिकेटका जिउँदा भगवान् मान्ने तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् । उनीअघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्करले पनि नेपालको भ्रमण गरेका थिए ।
उनी शनिबार नै भारत फर्कनेछन्। त्यसको खुसीमा विनोद दासले पनि एक ट्वीट गरेका छन् । सचिन सनिवार विहान नेपाल आउने छन् । विनोद दासले ट्विटमा भनेका छन्, ‘सपना पुरा भएको छ । २५ वर्षको प्रतिक्षा पुरा हुन अब केहि सेकेन्ड मात्र बाँकी छ ।’ सचिन युनिसेफका सद्धभावना दुत हुन् । विनोद दास पनि भारतबाट नेपाल आउने छन् । यू१९ च्यालेन्जर्स सिरिजको लागि विनोद भारतको हैदरावादमा रहेका छन् ।
युनिसेफले टियु क्रिकेट मैदानमा शनिवार पानीको बोतल, हेलमेट, धारिला सामग्री र भारी झोला निषेध गरिने जनाएको छ । टियु क्रिकेट मैदान विहान ९ बजेसम्म गेट खुल्ला हुने पनि जनाएको छ ।