फलको राजा स्याउ,खान जाने अमृत हो…जानिराख्नुस

काठमान्डू ,
स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन्। स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस बोक्रासहित खान रुचाउँछन् भने केही बोक्रा झिकेर खान रुचाउँछन् । स्याउ एक प्रकारको फलफुलको राजा नै भन्दा पनि हुन्छ खानमा पनि निकै स्वादिलो हुन्छ । खादा गुलियो भएको हुनाले यसलाई केटाकेटिले पनि मन पराउछन् ।

यस्ता छन्, स्याउ खानुका फाइदा

तौल सन्तुलित

शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ । यसका साथै शरिरको इम्युनो सिस्टमलाई पनि राम्रो राख्छ । धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

पत्थरी कव्जीयतबाट बचाउँछ

नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।

सुन्दरता बढाउँछ

स्याउको सेवनले अनुहारमा हुने काला तथा सेता दागहरु हट्छन् । यसबाट अनुहारमा चमक आउँछ । साथै स्याउको प्रतिदिन सेवनले तपाईंको शरीरमा मौजुद रहेको अनावश्यक बोसो बिस्तारै बिस्तारै कम हुन्छ । नियमित सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।

दाँत मजबुत

ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ । स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।

एनिमियाको बिरामीलाई फाईदा

एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ । स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ । यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ ।

क्यान्सरको खतरा मुक्त

नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।

कोलेस्ट्रोल कम

स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ । स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन ।

कलेजोको शुद्धिकरण

शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।

रोेगप्रतिरोधात्मक क्षमता

स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार