जाडोमा सिस्नो खायर हेर्नुहोस,यस्ता हुनेछन फाइदा

काठमान्डू,
कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।

सिस्नोका फाइदाहरू

१. शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ ।

२. महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पु-याउँछ ।

३. यतिमात्र होइन यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । त्यति मात्र कहाँ हो र ? यसले त महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ । सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।

४. कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनष्पति उपयोगी छ ।

५. पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ ।

६. त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ ।

७. बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पु-याउँछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ ।

८. अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ ।

९. सिस्नोमा पोषणको भीषण योग हुन्छ । भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क यसमा भएका हुनाले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै सो भिडिरहेको हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार