काठमाडौं- चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले काठमाडौंको कीर्तिपुर मैदानमा क्रिकेट खेलिरहेका छन् । खेल १० ओभरको हुनेछ ।उनी कीर्तिपुरमा नेपाली बालबालिकासँग क्रिकेट खेलिरहेका छन् ।
युनिसेफको सद्भावना दूत रहेका उनी नेपाल आएका हुन् । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल बोलाएको हो ।
उनले बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलेका हुन् । सो मैत्रीपूर्ण खेलका लागि सचिन शुक्रबार राति नेपाल आएका थिए ।
बालअधिकारका लागि आयोजना गरिएको मैत्रीपूर्ण खेलमा सचिनको टिमसँग नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासको टिमले खेलेको छ ।