ट्याङ्कर दुर्घ’टना हुँदा दुई जनाको मृ’त्यु…

काभ्रेपलाञ्चाेक -अरनिको राजमार्गमा शुक्रबार रातिडिजलषबाेकेको ट्याङ्कर दुर्घट’नामा परि घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा ज्या’न गएकाे छ ।

हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्या’न गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी दीपक गिरीले बताउनुभयो । 

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नम्बरको डिजेल बोकेको ट्याङ्कर धुलिखेल नगरपालिका वडा नम्बर-८, थाक्लेमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार