महाकालीको पानी आधा–आधा हुने सन्धीमै स्पष्ट छ : सभापति देउवा

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप लगाउनुभयो ।

“कालापानी नेपालको भू–भाग हो”, उहाँले भन्नुभयो, “मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।” महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उहाँले महाकालीको पानी पनि आधा–आधा हुने सन्धीमै स्पष्ट रहेको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार