सडकबाट उछिट्टिएको मोटरसाइकल घरको छानामा पुग्यो, २ घाइते

काठ्माडौं,इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार