गोरखा। मंसिर १ गतेका दिन सार्वजनिक विदा दिएको छ । आइतवार गोरखाको शहीदलखन गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले गुठी पञ्चमीको अवसरमा मंसिर १ गते बिदा दिने जनाएको छ ।
गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मंसिर १ गते गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा गरिने भएकोले बिदा दिने निर्णय गरेको जनाइएको छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालय मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

जहाँ दुई विवाह नगर्ने पुरुषलाई दिइन्छ सजाय, पहिली पत्नीले बिहेमा अवरोध गर्न खोजिन् भने उनलाई पनि जन्मकैद..
विभिन्न देशमा विवाहका फरक फरक परम्परा हुन्छन् । तर अफ्रिकाको एउटा देशमा रहेको परम्परा चाहिँ अलि अनौठो खालकै छ ।इरिट्रीया नामक देशमा हरेक पुरुषले दुई महिलासँग विवाह गर्न अनिवार्य छ । धेरै देशमा दुई बिहे गैरकानूनी रहेकोमा यहाँ चाहिँ ठीक उल्टो छ ।कुनै पुरुषले एउटा बिहेपछि अर्को बिहे नगरेमा कानूनी रूपमा अपराध गरेको ठहर्छ ।
यस्तो कानून बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण हो । महिलाको तुलनामा पुरुषको कमी धेरै छ इरिट्रीयामा । त्यसैले महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ ।दुई बिहे नगर्ने पुरुषविरुद्ध त कानूनी कारवाही गरिन्छ नै ।
तर पहिली पत्नीले बिहेमा अवरोध गर्न खोजिन् भने उनलाई पनि जन्मकैदको जिाय दिइन्छ ।इरिट्रीयामा गृहयुद्ध भइरहने र महिलाको सुरक्षाका लागि पुरुषले बाध्यतावश दुई विवाह गर्नुपर्ने पनि भएको हो ।