ठमेलको रमझममा रात विताउने चर्चित नेपाली फुटबलर,विमलसहित चारलाइ राष्ट्रिय टिमबाट छुट्टी

काठमाडौं ।

येति बेला एउटा समाचारलाई निकै महत्वका साथ हेरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनौंट खेल खेलिरहेका चार खेलाडीलाई अनुशासनहीन भएकाे भन्दै कारवाही गरेको छ । एन्फाले शुक्रबार राति २ बजे ठमेलको डिस्कोमा भेटिएपछि विमल घर्तीमगर, अञ्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाईलाई कारवाही गरेको हो । यो सँगै उनीहरुले कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल खेल्न नपाउने भएका छन् ।

एन्फाले विमल सहित चार खेलाडीहरुलाई नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि कारवाही गरेको हो । नेपालमै हुने भनिएको कुवेतविरुद्ध हुने खेल दशरथ रंगशालाको पुन निर्माणको काम पुरा नसकेपछि मंसिर ३ मा भुटानमा हुने भएको थियो ।नेपालसँग खेल्ने कुवेतको टोली भने शुक्रबार नै भुटान पुगिसकेको छ । यता नेपाली टोली भने शनिबार दिउँसो ३ बजे भुटान जाँदैछ ।

विश्वकप छनोटमा नेपालले ४ खेल खेलिसकेको छ । जसमा ३ खेल गुमाएको नेपालले १ खेल मात्र जितेको छ । खेलअन्तर्गत चाइनिज ताइपेविरुद्धको एकमात्र जितमा नेपालका लागि दुवै गोल अन्जनले नै गरेका थिए । त्यसबाहेक भएका अन्य खेलमा नेपालले कुवेतसँग ७-०, अष्ट्रेलिया ५-० र जोर्डनसँग ३-० ले हार बेहाेरेकाे थियो ।

स्रोत – न्युज २४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार