‘ए मेरो हजुर ४’ बन्ने पक्का, अनमोल र सुहानाको जोडी फेरी दोहोरिदै

काठमान्डू,
युवास्टार अनमोल केसी ‘ए मेरो हजुर ४’ मा जोडिएका छन्। सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा सुहाना केसी लिड रोलमा रहनेछिन्। केहि समय अगाडी नै चलचित्रको निर्माण चर्चा भएको थियो। झरना थापाको निर्देशनमा चलचित्र निर्माण हुनेछ।

अभिनेता केसी संग निर्माण टिमले औपचारिक सहमति गरेको छ। ए मेरो हजुर ३ मा अनाम्ल र सुहानाको जोडी निकै रुचाईएको थियो। नेपाल, ओमान र होल्याण्डमा छायाँकन हुने बताइएको चलचित्र माघ २० गतेबाट फ्लोअरमा जानेछ. चलचित्रको अन्य टिम फाइनल गरिएको छैन। पहिलो चलचित्रबाट नै राम्रो प्रशंसा बटुल्न सफल सुहाना र अनमोलको यो चलचित्र दर्शकका लागी प्रतिक्षित रहनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार