नेपालगन्ज : प्रतिबन्धित जडिबुटी पाँच औलेसहित प्रहरीले तीन जनालाई कोहलपुरमा पक्राउ गरेको छ । प्रदेश ५ प्रहरी अनुसन्धान व्युरो दाङ र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुर नगरपालिका ११ लोकनगरबाट पाँच किलो पाँच औलेसहित पक्राउ गरेको हो ।
इप्रका कोहलपुरका अनुसार पक्राउ पर्नेमा कालीकोटका अग्र बम, जुम्ला यमबहादुर अधिकारी र कोहलपुर बाँकेका बीरबहादुर शाही पक्राउ परेका हुन् । खानतलासी गर्ने क्रममा जडिबुटी बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।