गोरखा। मंसिर १ गतेका दिन सार्वजनिक विदा दिएको छ । आइतवार गोरखाको शहीदलखन गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले गुठी पञ्चमीको अवसरमा मंसिर १ गते बिदा दिने जनाएको छ ।
गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मंसिर १ गते गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा गरिने भएकोले बिदा दिने निर्णय गरेको जनाइएको छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालय मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
यो पनि पढ्नुहोस
दाङ: दाङमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। पश्चिम दाङको बबई र शान्तिनगर गाउँपालिका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार शान्तिनगर गाउँपालिका १ का ३० वर्षीय प्रकाश बुढा मगर पक्राउ परेका हुन्। उनी विप्लव समूहको सेक्सन अध्यक्ष रहेको प्रहरीले जनाइएको छ।
उनलाई शुक्रबार साँझ एक्लै स्थानीय स्तरमै हिडिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ। यस्तै बबई गाउँपालिका ५ बबपुर का ३२ वर्षीय निमबहादुर डाँगी (रक्तिम) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले बताए। डाँगी गाउँपालिकाको इन्चार्ज समेत रहेको प्रहरीले जनाएको छ। उनलाई प्रदेश ३, ०२००७ प १२०४ नम्वरको जिक्सर मोटरसाइकलमा सवार गरिरहेकै बेला शनिबार दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।