अब समयमा काम नसक्ने ठेकेदारलाई स्थानीयबासीको यस्तो कारवाही,

काठमान्डू,
दोलखा । समयावधि सकिएको बर्षौं बितिसक्दा पनि बाटो नबनेपछि नगरकोटका स्थानीयले केही दिनअघि पोल–पोलमा शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारीको फोटो टाँसेर बिरोध गरेका थिए । त्यसको केही दिनपछि दोलखामा पनि काम नगर्ने ठेकेदारको फोटो टाँसेर बिरोध गरिएको छ । चरिकोटदेखि मुडेसम्म पहिलो प्याकेज सडकको काम अलपत्र पारेको भन्दै दोलखाका स्थानीयबासीले चोक तथा बसमा ठेकेदार दीपक सापकोटाको फोटो टाँसेर बिरोध गरेका हुन् ।

ठेक्का जिम्मा पाएको ठेकेदार कम्पनी शंकर मालीले निर्माण कार्यमा सिन्को भाँच्ने काम नगरेपछि कम्पनीका मालिक दीपक सापकोटाको फोटो टाँसेर बिरोध गरेका हुन् ।
सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म ५५ किलोमिटर सडक २ प्याकेजमा विस्तार भइरहेको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा सरकारले ५ वर्षअघि २०७१ सालमा करिब १ अर्ब २० करोडको लागतमा विस्तार गर्न सुरु गरेको थियो ।

खाडीचौरदेखि सिन्धुपाल्चोकको मुडेसम्म २५ किलोमिटर एक खण्ड र मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर अर्को खण्ड गरी दुई खण्डमा यसको ठेक्का सम्झौता भएको छ । खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरको पहिलो खण्ड भारतीय ठेकेदारसँगको साझेदारीमा नेपाली कम्पनीहरु गौरी पार्वती र सुनौला खिम्तीले ठेक्कामा लिएका थिए । दोश्रो खण्ड अर्को भारतीय ठेकेदारसँगको साझेदारीमा शंकर माली निर्माण सेवाले काम गर्ने गरी जिम्मा पाएको थियो ।

पहिलो प्याकेजमै निर्माण कम्पनी सुनौला खिम्तीका मालिक भिमसेन भण्डारी कर छली सम्बन्धि प्रकरणमा फसेपछि त्यो खण्डको काम गौरी पार्वतीले गर्दै आएको छ ।
पहिलो खण्डको २५ किलोमिटर मध्ये ५ वर्षमा १३ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ । तर दोस्रो खण्डको अवस्था भने निकै नाजुक छ ।
स्रोत – न्युज २४

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार