काठमाडौँ / चर्चित गायीका विष्णु माझीलाई सार्वजनिक गर्नु पर्ने माग फेरी उठेको छ । बर्षेनी सयौं गित रेकर्ड गरेपनि सार्वजनिक समारोहमा र प्रत्यक्ष गायनमा लामो समयदेखि देख्न नपाइएकाले उहाँलाई सार्वजनिक गर्नु पर्ने माग बेला बेलामा उठ्ने गरेको छ ।
माझीको प्रतिभा थाहा पाएर स्याङ्जास्थीत उहाँको घरमै पुगेर व्यवसायीक रुपमा लोक दोहोरी क्षेत्रमा ल्याउने छिमेकी पाल्पा रामपुरका कलाकार नारायण लेकालीले माझीलाई सार्वजनिक गर्नु पर्ने मागलाई फेरी उठाउनु भएको हो ।
नेपाली रेडियो नेटवर्कको युट्युव च्यानलमा गरिएको कुराकानीका क्रममा कलाकार लेकालीले गायीका माझीलाई लोकदोहोरीको व्यवसायीक क्षेत्रमा आफुले ल्याएको भएपनि १५ बर्षदेखि भेट्न, देख्न र फोनमा बोल्न समेत नभएको बताउनु भएको छ ।उहाँले कलाकार माझी उहाँका श्रीमान सुन्दरमणी अधिकारीको मात्रै नभई राष्ट्र र दर्शक श्रोताको समेत सम्पत्ति भएकाले सार्वजनिक रुपमा देख्न भेट्न पाउनु पर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, “माझीका बाबु आमाबाट अनुमती र जिम्मा लिएर सांगितिक क्षेत्रमा विष्णुलाई मैले ल्याएको हुँ, तर १५ बर्षदेखि सुन्दरजीले मेरो फोन पनि उठाउनुहुन्न भने विष्णुका बाबु आमालाई पनि केही सहयोग गर्नुभएको छैन ।”
छोरीले करोडौँ कमाउदा समेत बाबुआमा गोठमै बस्नु पर्ने बाध्यता अन्यायपूर्ण भएको कलाकार लेकालीको भनाई छ । उहाँले सुन्दरमणीले माझीलाई पैसा कमाउनकै लागि पत्नी बनाएर आर्थिक उपार्जनमा मात्रै लगाएको टिप्पणी पनि गर्नुभयो ।
छोरीले करोडौँ कमाउदा समेत बाबुआमा गोठमै बस्नु पर्ने बाध्यता अन्यायपूर्ण भएको कलाकार लेकालीको भनाई छ । उहाँले सुन्दरमणीले माझीलाई पैसा कमाउनकै लागि पत्नी बनाएर आर्थिक उपार्जनमा मात्रै लगाएको टिप्पणी पनि गर्नुभयो ।
https://youtu.be/Y7RitLmNTvM