नेपाली सिमानामा झन्डा गाड्न जाँदा भारतीय एसएसबीले रोकेपछि, नेपालीले खुकुरी निकाल्नु पर्यो भनेपछि भारतीय एसएसबी भागे हेर्नुहोस भिडियो

इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ । अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो ।

केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलार्इ निर्माण अवरूद्ध गरि भारतले कव्जा गरेको थियो । सो कव्जा गरेको जमिनमा अनेरास्ववियूले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारसीय सिमा सुरक्षा वल (एसएसबी)ले वल प्रयोग गरेपछि (एसएसबी) अनेरास्ववियूका विचमा सामान्य झडप समेत भएको थियो । अनेरास्ववीयुका नेताहरूले खुकुरी ले भन्दै गर्दा एसएसबीका जवान भागेका थिए ।

भारतले मिचेको सीमामा पुगेर अनेरास्ववियूका नेता/कार्यकर्ताले खुकुरी खोजेपछि एसएसबीलाइ तनाव

भारतले मिचेको सीमामा पुगेर अनेरास्ववियूका नेता/कार्यकर्ताले खुकुरी खोजेपछि एसएसबीलाइ तनाव

Posted by Dainiki दैनिकी on Saturday, 16 November 2019

झडपमा सिमा सुरक्षा वल (एसएसबी)का एक जवान सामान्य घाइते भएका छन ।अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारतद्वारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस पनि गरेको अनेरास्ववियूका नेता आरसि लामिछानेले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार