रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको आजको विनिमय दर यस्तो छ

काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको छ । आज आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ८५ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा पुगेको छ ।

कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ११ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा तोकेको छ ।

यो पनि पढ्नुहोस

बलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई – १ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ। मेला मंसिर महिनाभरी चल्नेछ ।

लामो समय राजनीतिक विवादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडि मात्रै समिति गठन भएको थियो। मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ। मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्नेछ।मेला समितिले मंसिर १७ र १८ गते पशुबलीको तयारी गरेको छ। पशुबलीको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ। बलीको समयमा दसौं लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार