कञ्चनपुरमा ट्रकमा मोटरसाइकल ठाे’किँदा दुई युवककाे मृ’त्यु..

कञ्चनपुर, १  मंसिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृ’त्यु भएको छ ।

नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठो’क्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।

मोटरसाइकल ट्रकमा ठोक्कि’एपछि सख्त घा’इते भएका दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइए पनि उपचारका क्रममा दुवैको मृ’त्यु भएको हो । मृ’तक दुवैको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार