गोरुसँग भि’डे यी युवक, सेकेण्डमै ढा’ले गोरु,हेर्नुहोस,

एजेन्सी । भारतमा एक युवक गोरुसँग जुधेका छन् । उनले गोरुलाई सिङमा समातेर पछा’रेका छन् । सामाजिक सञ्जालमा यो घट’नाको फोटो र भिडियो भाइरल बनेको छ ।

फोटोमा सजिलैसँग यी युवकले बलियो गोरुलाई पछा’रेका देख्न सकिन्छ । युवकको अगाडि गोरु लाचार बनेको छ । गोरुले पटक पटक युवकलाई प’छार्ने प्रयास गरेपनि असफल हुन्छ ।

केही सकेण्डमै गोरुलाई युवकले सडकमा ढा’ल्छन् । धेरैले यी युवकलाई भल्लालदेव भनेर टिप्पणी गरेका छन् । भारतीय सञ्चारमाध्यममा निक्कै चर्चामा रहेको यसको भिडियो र फोटो कुन शहरको भन्ने जानकारी भने दिइएको छैन ।

यो पनि पढ्नुहोस

अब तपाई‍ ‘माटो’ ब्राण्डको फलफूल तथा तरकारी किन्न सुपरमार्केट धाइरहनु पर्दैन। घरमै बसेर इन्टरनेटको प्रयोगबाटै किन्न सकिने भएको छ। माटोका फलफूल तथा तरकारी फुडमाण्डुबाट किन्न सकिने गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले जानकारी दिए। उनकाअनुसार माटोका फलफूल तथा तरकारी करिब एकहप्तापछि फुडमाण्डूबाट किन्न सकिने छ। अनलाइनबाट किने पनि उपभोक्ताको मूल्यमा कुनै फरक नपर्ने गोल्याउन बताउँछन्।

‘अहिले उपभोक्ताले भाटभटेनी, सुपरमार्केट लगायतका अन्य ठाउँमा जति मूल्य तिरेका छन्। अनलाइनमा पनि त्यतिनै हो, बढी पर्दैन’, अध्यक्ष गोल्यानले भने। फुडमाण्डूमा उपभोक्ताले अहिले मौसमी तरकारी र फलफूल मात्र किन्न पाउने छन्। विस्तारै नेपाली अर्ग्यानिक मह, कफी, चिया र ओखर पनि पाइने गोल्यानले जानकारी दिए। ग्रुपले हरेक नेपालीको भान्सामा अर्ग्यानिक तरकारी पुर्याउने उद्देश्यले प्रत्यक्ष बजारीकरण गर्ने योजना समेत बनाएको छ।

सुरूआतमा १० वटा मिनी ट्रकमा माटोका उत्पादन राखी काठमाण्डु, भक्तपुर र ललितपुरलगायत जिल्लामा गएर प्रचार गरिने गोल्यनले बताए। ‘हाम्रो चाहना सबैको घरमा अर्ग्यानिक तरकारी पठाउने हो। सबैले भाटभटेनी, बिगमार्टबाट तरकारी नकिन्ने हुनाले प्रत्यक्ष बजारीकरण गर्न लागेका हौँ’, गोल्यानले भने, ‘६ महिना भित्र १५० वटा ट्रक माटोका सामाग्री लिएर ठाउँ–ठाउँ पुग्ने छ’डेल्ली ग्रोसरीले पनि माटोका उत्पादन बेच्दै आएको छ।

केही समयपछि काला नमक ९नुनिया० जातका चामल पनि बजारमा आउने गोल्यानले जानकारी दिए। ‘माटो’ तरकारीको ब्राण्ड हो। आज भोलि बजारमा प्याकिङमा बाहिरपट्टि ‘माटो’ लेखेको देखिन्छ। त्यो अर्ग्यानिक तरकारी हो। यो न त बाहिरबाट आयात गरिएको हो। न त विषादी नै प्रयोग गरिएको छ। यो नेपाली माटोमा उत्पादन गरिएको तरकारी हो। नेपाली किसानले उत्पादन गरेका तरकारी व्यवसायिक घराना गोल्यान ग्रुपले ‘माटो’ ब्राण्डमार्फत् बजारमा ल्याएको हो।

बर्दिया, धादिङ, बाजुरा, मकवानपुर लगाएत काठमाडौंका कृषि फार्मबाट अर्ग्यानिक फलफूल तथा तरकारी सङ्कलन गर्ने गरेको गोल्यानले जानकारी दिए। ग्रुपले नेपालीलाई सधैंभरि अर्ग्यानिक तरकारी खुवाउन धेरै जिल्लाका किसानसँग मिलेर खेती गरिरहेको छ। आफैंले पनि झापामा तीन सय बिघा जग्गा किनेर तरकारी तथा फलफूल खेती गरिरहेको छ। ग्रुपले अर्ग्यानिक खेतीका लागि झापाको चकचके, घेराबारी, राजगढ, मदरगाढ लगायत विभिन्न ठाउँमा तीन सय बिघा जग्गा किनेको छ।

त्यहाँका जग्गामा स्ट्रबेरी, कागती, ड्रयागन फ्रुट, धान, मेवा, लगायत मौसमी तरकारी तथा फलफूल लगाउने गोल्यान एग्रो प्रालिका कार्यकारी निर्देशक सलिल कुमार श्रीवास्तवले जानकारी दिए। उनका अनुसार ग्रुपले चकचकेको ५ बिघामा कागती, १० बिघामा धान र १० बिघामा खर्बुजा लगाएको छ। त्यस्तै, राजगढमा ३० बिघा जग्गामा स्ट्रबेरी लगाउने योजना बनाएको छ। मदरगाढमा २.२५ बिघा जग्गामा ड्रयागन फ्रुट, ३.८ बिघा जग्गामा मेवा र १.५६ बिघा जग्गामा कागती लगाउन लागेको उनले बताए। उनका अनुसार घेराबारीको १० बिघामा आँप, १२ बिघामा कागती र बाँकीमा आयुर्वेद औषधिका लागि प्रयोग हुने अन्य वनस्पती लगाउन लागिएको छ।

नेपालमा बेचेर बढी भएका सामान भने विदेश निर्यात गर्ने ग्रुपको योजना छ। निर्यातका लागि भारत लगायत अन्य मुलुकमा नमूना पठाइसकेको गोल्यानले जानकारी दिए। ‘शुरूवाती चरणमा हामीले वर्षदिनमा ४/५ टन निर्यात गर्ने योजना बनाएका छौं’, गोल्यानले भने। ग्रुपले आफूसँग सहकार्य गरेका किसानको मात्र नभई अन्य किसानले उत्पादन गरेको अर्ग्यानिक तरकारी पनि आफूहरूले लिने ग्रुपकी निर्देशक लतिका गोल्यानले बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार