‘गड अफ क्रिकेट’ को नामले परिचित भारतीय खेलाडी सचिन तेन्दुलकरले शनिबार कीर्तिपुर मैदानमा क्रिकेट खेलेका थिए । युनिसेफको आयोजनामा भएको च्यारिटी म्याचमा सचिन तेन्दुल्करको टिमले नेपालका पूर्व कप्तान विनोद दासको टिमलाई ६ विकेटले हराएको थियो ।
शुक्रबार राति नेपाल आइपुगेका सचिनले कीर्तिपुर मैदानमा आफ्नो धारणा पनि राखेका थिए । सचिनले “तपाईहरुलाई राम्रो लाग्यो ?” भनेर नेपाली शब्द उच्चारण गरेपछि दर्शकदिर्घामा हाँसो र तालीको गडगडाहट भएको थियो । सचिनले बालबालिकासँग खेल्दा निकै राम्रो लागेको बताएका थिए ।