खुट्टा काटिएपछि मागेर पेट पाल्दै, रुँदै आए मिडियामा (भिडियो)

ललितपुरका अर्जुन मगर ४९ बर्षका भए । ११ बर्ष अगाडी उनको एउटा खुट्टो गुम्यो । पहिला घर निर्माण मजदुरको काम गर्दै आएका अर्जुन खुट्टा गुमेपछि भने मागेर गुजारा चलाउँदै आएका छन् । उनी प्राय काठमाण्डौको बौद्धमा फेला फेला पर्छन् ।

उनले खुट्टासँगै आफ्नी श्रीमती पनि गुमाएका थिए । ‘खुट्टा आएको घाउ निको पार्न नसकेपछि खुट्टा फाल्न पर्यो ।’ बौद्धमा पैसा मागी राखेको अवस्थामा फेला परेका अर्जुनले भने, ‘खुट्टा काटेको एकदुई बर्षमा श्रीमतीको पनि मृ’त्यु भयो ।’

उनकी श्रीमतीलाई मुटुको बिराम थियो । अहिले उनी काठमाण्डौमै डेरा गरी बसेका छन् । ललितपुरको पहाडी क्षेत्रमा रहेको उनको सम्पत्ती पनि खुट्टाको उपचार गर्दैमा सकियो । छोराछोरीको लागि केहि गर्न नसकेकाले होला अर्जुनले उनिहरुबाट केहि आश पनि गरेका छैनन् ।

उनले मागेरै आफ्नो गुजारा चलाउँदै आएका छन् । दैनिक जम्मा भएको पैसा कोठा भाडासँगै दैनिक आवश्यक पर्ने आधारभुत आवश्यकता पुरा गर्नमा खर्चदै आएका छन् । ‘सानो लगानी गर्न सके आफ्नै केहि गर्न सकिन्थ्यो’ उनले भने, ‘कसैले सहयोग गरे मेरो उद्धार हुने थियो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार