काठ्माडौ, नेपाली गीत संगीतमा पछिल्लो समय थुप्रै बाल प्रतिभाहरुको आगमन भै रहेको छ।देशका कुना काप्चामा रहेका थुप्रै बाल प्रतिभाहरुले यतिबेला गीत संगीतमा स्थान पाई रहेको देखिन्छ।
बिज्ञान र प्रबिधीको बिकाश संगै ईन्टरनेटमा संसार जोडिय पछी गाउँका कुना कन्धरामा रहेका बाल प्रतिभाहरुलाई आज-भोली कलाकारीतामा प्रवेश गर्न सजिलो बनाईदिएको छ।
तर कलाकारीतामा प्रेवेश गर्न त्यती सजिलो भने छैन। संसारमा कुनै पनी काम गर्न एउटा बाटो देखाउने मान्छे त चाँहिन्छ नै । त्यस्तै एक बालकको बाटो देखाउने अनी सांगेतीक क्षेत्रमा भबिष्य उज्यालो बनाईदिने माध्यम बनेका छन गायक तथा मोडल चेतन बोहरा।
डोटीका १३ बर्षिया निर्प खड्कालाई गीत संगीतको बाटो देखाउदै चेतन बोहराले एउटा गीत तयार पारे जुन गीतको बोल हो “घरबार” र उनै १३ बर्षिय निर्प खड्कालाई गाउन दिए । प्रतिभाशाली बालक निर्प ले गायको यो गीतले अहिले यूटूबमा राम्रो प्रतिकृया पाई रहेका छन्। उक्त गीतमा भिडियोमा चेतन बोहरा, झरना बोहोरा र निर्प खड्का देखिएका छन्।
भिडियो//