भारतबाट मान्छे ल्याएर रौतहटमा आ’गो लाउने आलमको ध’म्की…

काठ्माडौं, ब’म वि’स्फोटका घा’इतेलाई इँटाभट्टामा हालेर मा’रेको अभियोगमा पुर्पक्षका लागि जे’ल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्रा’उका क्रममा प्रह’रीसँग नै ‘मान्छे मा’र्ने’ ध’म्की दिएका छन्।

पक्रा’उको क्र’ममा उनले यस्तो ध’म्की दिएका हुन्। २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आ’गो लगाउने ध’म्की दिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुर? माननीयज्यूलाई हामी सम्मान गर्छौं। जयनेपाल, नमस्कार भनेका छौँ।
आलम : (गाडीमा हात बजार्दै) हँ… यो जिल्लामा आ’ग (आ’गो) लाग्छ, आ’ग।

प्रहरी : शान्तिसुरक्षा र का’नुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि।
आलम : यो जिल्लामा आ’ग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस….(उनी आफ्नो मोवाइल फोन हेर्छन्)
प्रहरी : त्यसो भन्न मिल्दैन हजुर।
आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो? म डकैत हुँ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले।
प्रहरी : हैन माननीयज्यू।
आलम : अब जिल्लाभर अ’शान्ति हुन्छ, आ’गो लाग्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार