आलुसँग परिचित नहुने सायदै कोही छैनन् । सवैको भान्सामा प्रयोग हुने तरकारी नै आलु हो । आलुका विभिन्न परिकार बनाएर खाने गरिन्छ । तर, त्यही आलु तरिका मिलाएर खान जानिएन भने विष समान समेत बन्ने गर्छ ।
कस्तो आलु खानु स्वास्थ्यका लागि खतरा ?
आलूलाई भण्डारण गरेर राख्ने गरिन्छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पुर्याउँदैन ।
चाहुरि परेको आलु
लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ ।
आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ । यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ । यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा वि’षाक्त पदार्थ प्रवेश गर्छ ।
हरियो रंग
बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन वि’षाक्त पदार्थ हुन्छ ।
टुसा आएको आलु
आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।
तर, तरिका मिलाएर आलु खानु पर्छ । आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन ।
यो पनि पढ्नुहोस
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई आत्मनिर्भर बनाउन क्षमताअनुसार कर लगाएको बताए । आइतबारदेखि सुरु भएको आठौं राष्ट्रिय दिवसको साताव्यापी कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन ।
उनले भित्र अँध्यारोमा बसेर बाहिर निस्कँदा उज्यालोले आँखा तिरमिर हुने र केही समयमा पुन त्यो समस्या ठीक हुँदै जाने बताए । अहिले व्यवसायी जगत्मा पनि यही समस्या देखिएको भन्दै मन्त्री खतिवडाले भने, ‘हामी अहिले अँध्यारोबाट उज्यालमो जाने तर्खरमा छौं । त्यसको सुरुवात भीसीटीएस प्रणाली र प्यान नम्बरबाट सफल भइसकेका छौं । अब सबै प्रणालीमा बानी पर्छ । सबैको यात्रा अब उज्यालोतर्फ नै हो ।’ सबैलाई उज्यालोतर्फ सँगसँगै डो¥याउने भएकाले त्यही रूपमा बुझिदिनसमेत उनले आग्रह गरे । उनले धेरै कर लगाएर अलोकप्रिय बन्यो भन्ने चर्चा रहेको उल्लेख गर्दै राज्यलाई आत्मनिर्भर बनाउन क्षमताअनुसारको कर लगाइएको दाबी गरे । उनले दक्षिण एसियामा नेपाल कम ऋण भएको मुलुकका रूपमा चिनिएको समेत जानकारी गराए ।
यसैगरी, उनले तयारी पोसाक र भन्सार दरमा केही नमिलेकाले त्यो मिलाउन सरकार तयार रहेको पनि जानकारी गराए । अनौपचारिक रूपमा रहेको व्यवसायलाई औपचारिकमा ल्याउने र कतिपयले गैरकानुनी काम गरेको भए त्यसलाई कानुनी रूपमा ल्याउनेतर्फ सरकार लागेको पनि उनले जानकारी गराए ।