काठमान्डू,
काठमाण्डौ – सोमबार कुवेती र बहराइन दिनारका साथै ओमानी रियाल र काेरियन वनको भाउ बढेको छ । अरु मुद्राको भाउ भने आइतबारको जस्तै छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो पनि खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा नै थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको थियो ।
आज सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो खरिददर २९७ रुपैयाँ ८५ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा नै रहेको थियो ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा थियो । काेरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा रहेकाे छ । हिजाे खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेकाे थियाे । सोमबार कुवेती र बहराइन दिनारको भाउ भने केही बढेको छ । कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७९ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३७७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ११ पैसा रहेको थियो ।
बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा रहेको थियो ।
यो पनि पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाह नाइटक्लबमा नाचिरहेको भिडियो पोष्ट गर्दै राजा र राजसंस्थाको निकै तारिफ गरेका छन् । आइतबार राती उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा ।
जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक– राजसंस्था ।’ कमल थापा ज्ञानेन्द्रको तत्कालीन सरकारका तर्फबाट गृहमन्त्री थिए । उनी हाल राजतन्त्रको वकालत गर्छन् ।