काठमाडौं – चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको आज जन्मदिन परेको छ । उनी आज आफ्नो २४ औ जन्मदिन मनाउदैछिन् । उनी मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाण्डौमा जन्मिएकी हुन् ।
चलचित्र ड्रिम्सबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी साम्राज्ञी पछिल्लो समयकी हिट नयिका हुन् । नायिका साम्राज्ञीले हालसम्म ड्रिम्स, ए मेरो हजुर(२, तिमी सँग , कायरा, मारुनी, रातो टिका निधारमा जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
गएको बर्ष प्रेमी देवांश जंगबहादुर राणाको घरमा धुमधामले जन्मदिन मनाएकी साम्राज्ञीले यस बर्ष पनि आफ्नो जन्मदिन मनाउदैछिन् । उनलाई आज बिहानै देखी जन्मदिनको शुभकामनाको आएरो लागेको छ । पछिल्लो समय उनी आफ्ना फिल्म र प्रेमका कारण चर्चामा छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने साम्राज्ञी बेलाबेलामा आफ्ना हट तस्बिर शेयर गरेर पनि चर्चामा आउने गर्छिन् ।