‘सक्किगोनी’ का सिते बा रियलमा यस्ता छन् ! हिरोईन भन्दा राम्री श्रीमती, करोडौंको मालिक (भिडियो हेर्नुस)

काठमान्डू,
सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् । ‘सक्किगोनी’ यिनै सितेबा एक छोराको बाबु पनि हुन् । बिभिन्न व्यापार, व्यवसायमा सँगल्न मधुसुदन पाठकको करोडौंको कारोबार रहेको छ ।

काभ्रपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका मधुसूधन पाठक नामधारी यी सीते बा वास्तविकतामा भने बल्ल ३१ बर्षका भए । हेर्नुहोस भद्रगोलका सितेबाको श्रीमती कस्ती छिन् र उनको व्यापार व्यवसाय के छ ? हेरौ भिडियो मा

यो पनि हेर्नुहोस
काठमाडौं : अभिनेत्रीको रूपमा मिरुना मगरले फिल्म ‘लालपुर्जा’बाट डेब्यु गरेकी हुन्। डेब्युमा धेरै चर्चा भए पनि उनको फिल्मले सफलता पाउन सकेन। भर्सटायल अभिनेता सौगात मल्लदेखि युवास्टार प्रदीप खड्कासँग काम गरिसके पनि उनी सफलताबाट विमुख छिन्। यद्यपि, प्रदीपसँग रोमान्स गरेको फिल्म ‘रोज’ डिजास्टर साबित भए पनि मिरुनालाई दर्शकको ठूलो वर्गमा चिनायो। उनको पछिल्लो रिलिज फिल्म ‘साइनो’ हो।

फिल्म सफल नभए पनि मिरुनाको चर्चा हुन्छ। लन्डनको सुविधासम्पन बसाइ छाडेर फिल्मी जगत्मा आफ्नो भविष्य खोजिरहेकी मिरुनाले आफूले सक्दो मेहनतका साथ अगाडि बढिरहेको बताएकी छन्। ‘मैले पाएको काममा कतै इमानदारिता छाडेको छैन। सक्दो मेहनत गरिरहेकी छु’, उनले भनिन्। पछिल्लो फिल्म ‘च च हुई’मा देखिने मिरुना आशावादी छिन्। फिल्ममा उनी हिमाली भेगकी युवतीको भूमिकामा छिन्। ‘मलाई सेल्फी लिइरहनुपर्छ’, उनले क्यारेक्टर प्रस्ट्याउँदै भनिन्, ‘फिल्ममा हिमाली भेगकी युवतीको भूमिकामा छु।’

यो फिल्ममा उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेकी छन्। उनी आर्यनबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँछिन्। आर्यनको तारिफ गर्दै उनले भनिन्, ‘उहाँ कलाकार मात्र होइन ‘ह्युमन विइङ’ पनि राम्रो हुनुहुन्छ। उहाँको ‘सेन्स अफ ह्युमर’ एकदमै राम्रो छ।’ आफ्नो परिवार यूकेमा रहेकाले यहाँ छायांकन हुने फिल्मकै युनिटमा आफ्नो परिवार खोज्ने मिरुनाले ‘च च हुई’ दिमाग लगाउने फिल्मभन्दा पनि पूर्ण व्यावसायिक रहेको बताइन्। ‘हाम्रो फिल्मले दर्शकको पैसा र समयको सदुपयोग गर्छ’, उनले भनिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार