छुँदा पनि ज्या’न जाने खतर’नाक माछाहरु (भिडियो)

काठ्माडौं,माछा भन्ने बित्तीकै तपाई यो नसम्झनुहोस कि बजारमा बेच्न राखिएका हुन्छन या फेरी घरमै पालिएका हुन्छन। हाम्रो यस पृथ्वीमा तिस हजार भन्दा बढी माछाका प्रजातिहरु पाईने गर्छन।

तिनिहरुको जिवन निर्वाह र बिशेषता भने अनौठो रहेको छ। धेरैले माछा भन्ने बित्तीकै भोजनको परिकार सम्झनु हुन्छ होला तर सबै माछाहरु तपाईका लागी भोजन हुँदैन्न।कतिपय माछाहरुका लागी तपाई भोजन बन्नु हुनेछ,जुन माछा तपाई खानाको लागी कल्पना गर्दै हुनुहुन्छ त्यो माछा तपाई छुन पनी सक्नु हुन्न ।यदी छोएमा तपाईको प्राणले त्यहीं अन्तिम स्वास फेर्नेछ।

आउनुहोस आज यस्तै केही माछाको बारेमा चर्चा गरौ यो भिडियो मा//

यो पनि पढ्नुहोस
काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली जाँदैछन् । पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत जान लागेका हुन् । मन्त्री यादवका सल्लाहकार के.के. राईले स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको बताए । यद्यपि उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भए पनि यादव एक सातासम्म भारतमै रहने भएकाले उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको हो ।

यादव यतिबेला राजनीतिक रुपमा चुनौतीको चाङमा छन् । पार्टीको हालै सम्पन्न संघीय परिषद र केन्द्रीय समिति बैठकले सरकारमा रहिरहने वा फिर्ता हुने भन्ने सवालमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरुलाई नै दिएको छ । पदाधिकारी बैठकमा यसबारे छलफल हुनुअघि यादव दिल्ली जान लागेका हुन् । यस अतिरिक्त राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको एकता प्रक्रियाबारे पनि पार्टीभित्र अन्योल कायम छ । पार्टीका केही नेता तत्काल राजपा नेपालसँग एकता प्रक्रिया अघि बढाउनु पर्ने पक्षमा छन् भने केही नेता एकताका लागि हतारिन नहुने तर्क गरिरहेका छन् ।

राजपा नेपालले भने सरकारबाट फिर्ता भएर आएमा मात्र समाजवादी पार्टीसँग एकता प्रक्रियाका लागि छलफल गर्ने प्राथमिक सर्त अघि सारेको छ ।
समाजवादी पार्टीको संघीय परिषद र केन्द्रीय समिति बैठकले संविधान संशोधनको एजेण्डालाई सार्थक रुपमा अघि सार्ने निर्णय गरिसकेको छ । संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतले असन्तुष्टि जाहेर गरेको थियो । मधेसवादी दलहरुले समेत संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए भने उनीहरुकै आन्दोलनको आधारमा भारतले अघोषित नाकाबन्दीसमेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार