काठमान्डू,
‘नेपाल आइडल २’ का विजेता रवि ओडलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको पर्यटन दूत बनाएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले शनिबार ओडलाई महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा प्रदेशको पर्यटन दूतका रुपमा नियुक्त गरेको प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन्।
गायक ओडले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आफूलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको जानकारी दिए। उनले गीत संगीतका माध्यमबाट देश विदेशमा सुदूरपश्चिमको पर्यटक, संस्कृति लगायतको प्रचारमा दत्तचित्त भएर लाग्ने बताए।
यो पनि पढ्नुहोस
काठमाडौं । फिल्म ‘दि कर्मा’को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी माघ १७ गते रिलीज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्री पोस्टर बाहिर ल्याएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जयराज रायले बनाएका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना बिषय बनाइएको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
‘दि कर्मा’ को कथा निर्माता जयराज राय आँफैले लेखेका हुन् । रायसँग निर्माण श्रीदेव बिएल र निशा खतिवडाले सहकार्य गरेका छन् । फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा रहेकी छन् । नेपालको तराई क्षेत्रमा छायाँकन भएको फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्माको अलवा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय छ । ‘दि कर्मा’ मा पटकथा तथा संवाद शुशील पोखरेलको रहेको छ ।