विहानै उठेर खजुर खानुहोस यस्ता छन् ४ फाइदाहरु, जानीराखौँ..

काठमाडौँ। खजुर खानु स्वाद र स्वास्थ्य दुवै हिसाबले फाइदाजनक हुन्छ । खजुर खानाले शरिरमा शक्ति प्रदान गर्नुका साथै फिट राख्न मदत गर्छ । त्यसैले यदि तपाईले नियमित विहान विहान ३ देखि ४ वटा खजुर खाएमा धेरै बिरामी निको हुन्छ । आज हामी यही सबैले मन पराउने मिठो खजुर खानुको फाइदाहरु बताउदै छौँ ।

पेटसम्बन्धी क्यान्सरको खतरा कम
खजुर खानु पाचनक्रियाको लागी लाभदायक हुन्छ । दैनिक खजुर खाएमा पेटको हानिकारक ब्याक्टीरिया हटाएर राम्रो हुन्छ । यसरी पाचन प्रकिया राम्रो भएपछि पेटको क्यान्सर हुने खतरा कम हुन्छ ।

शरिरमा शक्ति प्रदान गर्ने
खजुरमा प्राकृतिक शुगर ,ग्लुकोज ,फ्रक्टोज र सुक्रोज हुन्छ । यसले शरिरका आवश्यक पर्ने उर्जा दिन्छ । त्यतिमात्र होइन् , यसमा फाइबर , पोटासियम , म्याग्नेसियम , भिटामिन हुन्छ । यसले पनि शरिरमा उर्जा पैदा गर्छ ।

डाइजेशनमा सुधार
यदि तपाईको डाइजेशन सिस्टम राम्रो राख्न चाहनुहुन्छ भने खजुर खानु राम्रो हुन्छ । सिर्फ एक कप खजुरमा १२ ग्राम फाइबर पाइन्छ ।

दिमाखलाई तेज बनाउँछ
खजुरमा भिटामिन हुने भएकाले शरिरमा सेरोटोनिन र नारपेनेफ्रिन बनाउन मदत गर्छ । खजुरमा पाइने यी चिजले तनावलाई हटाएर स्मरण शक्ति बढाउने काम गर्छ । जसले मनमा शान्ति पैदा गरी दिमाखलाई तेज बनाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार