पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल जित्ने नेपाली चेलीहरु..

राष्ट्रिय महिला भलिबल टिममा ६ नयाँ अनुहारको प्रवेश भएको थियो। बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनका लागि राष्ट्रिय टिमको घोषणा गर्दा ६ नयाँ अनुहारले स्थान बनाएका थिए । उनीहरुले राष्ट्रलाई अन्तराष्ट्रिय पदक जिताउने आफ्नो लक्ष्य सहित कहिँ बंगलादेशमा जारी पहिलो एभिसी सेन्ट्रल जोनको उपाधि जिताउन नयाँ अनुहार हरु आतुर थिए । र उनि हरु सफल पनि भए ।

बंगलादेश जानु भन्दा पहिला खेलपाटि का सम्बाद दाता संग गरिएको कुरा कानी

निरुता ठगुन्ना

राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेकोे छ । अब केही गर्नुपर्छ भन्ने लागेको छ । जिम्मेवारी पनि थपिएको छ । धेरै मिहिनेत गरेर राष्ट्रिय टिमसम्म आएको छु ।

स्थानीय प्रतियोगिता आर्मीबाट खेल्थें, राष्ट्रिय टिमबाट खेलेको थिएन । बन्द प्रशिक्षणमा पहिलो पटक परेको हुँ । प्रशिक्षणमा राम्रो टे«निङ पाए, छनोट भए ।

केही गर्नुपर्छ भन्ने जिम्मेवारी बढेको छ । नयाँ अनुहारले राम्रो गर्नुपर्ने चुनौती छ । राष्ट्रका लागि स्वर्ण जित्ने लक्ष्य छ ।

सलिना श्रेष्ठ

पहिलोपटक राष्ट्रिय टिममा पर्दा धेरै उत्साहित छु । यहाँसम्म आउन धेरै गाह्रो भयो । तीन पटकमा पहिलो चोटी राष्ट्रिय टिममा परेको हुँ । गाह्रो पनि छ, संघर्ष पनि धेरै गरेको छु ।

सुरुवाती दुई पटक फालिदा दुख लागेको थियो । तेस्रो पटकमा छनोट भए । यो मेरो लक्ष्य पनि हो । राष्ट्रिय टिममा लिब्रोको जर्सी लाउने ईच्छा पुरा भएको छ । मनभित्रै देखि धेरै खुशी लागेको छ । यहाँसम्म आइपुग्न न्यु डायमण्डको धेरै हात छ, कुमार सरको योगदान छ ।

यहाँसम्म आईपुग्न आफैले र कुमार सरले धेरै मेहनत गरेका छौ । भर्खरै थाईल्याण्डमा गएर अनुभव समेत बटुलेका छु । राष्ट्रिय टिमसम्मको यात्रा तय गर्न सहयोग गर्ने कुमार सर र न्यु डायमण्डलाई बिशेष धन्यवाद दिन चाहन्छु ।

सुनिता खड्का

धेरै खुशी लागेको छ । ३–४ वर्ष गरेको दुखको नतिजा पाएको छु । राष्ट्रिय टिममा पर्न धेरै संघर्ष गरेको छु । सुरुमा भलिबल भनेकै थाहा थिएन । तर ३–४ बर्षमा राष्ट्रिय टिमसम्म पुग्दा साह्रै खुसी छु ।

भलिबल जिवनका गुरुहरु धन्यवादका पात्र हुनुहुन्छ । सबैलाई सम्झिएको छु । राष्ट्रिय टिममा पर्न एक बर्षयता कोशिश गरिरहेको थिए । अहिले पुरा भयो । बन्द प्रशिक्षणमा परेको पहिलो बर्षमै राष्ट्रिय टिममा छनोट भए ।

पछिल्लो एक बर्षबाट राष्ट्रिय टिममा पर्न प्रयास गरिरहेको थिए । बन्द प्रशिक्षकमा आएको पहिलो पटकमै राष्ट्रिय टिममा छनोट भए ।
त्रिशूलीमा सैनिक केन्द्रमा सामान्य तालिम गर्दै आएको थिए । पूर्व राष्ट्रिय भलिबल खेलाडी दिप खड्काले राम्रो उचाई देखेर छनोटमा ल्याउनु भएको थियो । अब राष्ट्रको सम्पत्ति हुन पाउँदा धेरै सम्झिएको छु ।

पुनम चन्द

राष्ट्रिय टिममा पर्दा धेरै उत्साहित छु । खेलाडी भइसकेपछि राष्ट्रिय टिमबाट खेल्नु सबैको सपना हुन्छ ।

यो सपना पुरा भएको छ । केही सपनाहरु पुरा भइरहेका छन् । केही अझै बाँकी छन् । मुख्य प्रतिस्पर्धाको परिक्षा हुन बाँकी छ ।
तर राष्ट्रिय टिममा पर्दा धेरै खुशी छु । राष्ट्रिय टिममा पहिलो बर्षमै परेको हुँ ।

जानकी भण्डारी

राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको छ । दुईपटकमा टिममा परेको हुँ । पहिला आर्मीबाट खेल्थें । अब राष्ट्रिय टिमबाट खेल्न पाउँदा खुशी छु । पहिला १८ जनाबाट फालिदाँ सिक्दै थिए । त्यसैले धेरै दुख लागेन । दोस्रो पटक राम्रो गर्छु भन्ने थियो ।

दोस्रो पटकमा टिममा परेर धेरै खुसी लागेको छ । जिम्मेवारी पनि थपिएको छ । सबैको लक्ष्य स्वर्ण पदक जित्नु रहेको छ ।

बागलुङकी साफियालाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल

बागलुङमा सवैभन्दा धेरै खेलिने खेलमा पर्छ भलिबल । राष्ट्रिय र जिल्ला स्तरीय प्रतियोगिता कम हुने गरेपनि बागलुङका गाउँघरमा हुने मेला महोत्सवबाट उदायका खेलाडीहरु अहिले राष्ट्रिय टिमसम्म पर्न सफल भएका छन् ।
पछिल्लो समय बागलुङमा भलिबल सहित फुटबल, क्रिकेट प्रति युवाहरुको लगाव धेरै भएपनि राष्ट्रिय टिमसम्मको यात्रा भने कमले गरेका छन् ।

भलिबलको राष्ट्रिय टिममा पर्नेमा पछिल्लो क्रममा बागलुङकी साफिया पुनको नाम समेत जोडिएको छ ।
बागलुङको गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डबखानीकी पुनले हाल बंगलादेशमा एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् ।

राष्ट्रिय भलिबल टिमको छनोटमा पहिलो पटक सहभागिता हुँदै टिममा स्थान बनाएकी पुनले आफ्नो पहिलो प्रतियोगितामै स्वर्ण पदक प्राप्त गरेकी छिन् । डिल ब्लकर सोफिया पुन २ वर्षदेखि नियमित रुपमा आर्मिको टिमबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन । पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा पर्दै अन्तिम टिममा समावेश भएकी

उनले एभीसि एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफ्गानिस्तानसँग भएको नेपालको पहिलो खेलमा नै डेब्युको मौका पाएका हुन् । एभीसि एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन हुँदा साफियाले उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन ।

राष्ट्रिय टिममा खेलेपछि पुनले राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको बताइन । उनले पहिलो पटकमै टिममा परेको बताउँदै भलिबलमा ३–४ बर्ष दुःख गरेको फल प्राप्त भएको बताइन । उनले राष्ट्रिय टिममा पर्नु सपना रहेको बताउँदै आज पुरा भएको भन्दै खुसी व्यक्त गरिन ।

पुनले राष्ट्रिय टिमबाट खेल्दा जिम्मेबारी पनि थपिएको बताइन । पुनले आफ्नो पहिलो प्रतियोगितामै स्वर्ण जित्दा खुसी भएको बताइन । देशका लागि स्वर्ण जित्ने लक्ष्य थियो त्यो पुरा भयो पुनले भनिन अझै देशको लागि धेरै गर्नुछ आफ्नो तर्फबाट महिला भलिबलमा सक्दो गर्नेछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार