प्रधानमन्त्री ओलीको सम्बोधन पछी भारतिय मिडियामा हंगामा…

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी नेपाली भूमि भएकाले त्यहाँबाट भारतीय सेना फिर्ता लैजान दिएको अभिव्यक्तिले भारतीय मिडियामा तरङ्ग छाएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले नेपाली भूमिबाट सेना हटाउन निर्देशन दिएपछि भारतीय मिडियाले उक्त समाचारलाई विभिन्न हेडलाइनमा छाप्न थालेका छन । भारतीय मिडिया आजतकले ‘कालापानीका विषयमा नेपालका प्रधानमन्त्रीले भारतलाई देखाए शक्ति, एक इन्च जमिनपछि दिदैनौँ’ भन्ने हेडलाइनमा समाचार प्रकाशन गरेको छ।

आजतकले लेखेको छ, ‘प्रधानमन्त्री ओलीले भने- आफ्नो देशको सीमा सुरक्षा गर्नका लागि हाम्रो देश पूर्ण रुपमा सक्षम छ। देशको सुरक्षा बल आफ्नो जमिनमा आफ्नो अधिकार फिर्ता लिनका लागि एक जुट छन्।’

राष्ट्रभक्त सरकारले कसैलाई पनि एक इन्च जमिनमाथि पनि कब्जा गर्न नदिने बताएको पनि सामाचारमा उल्लेख गरिएको छ। त्यस्तै हिन्दी बीबीसीले लेखेको छ, ‘कालापानी विवादमा नेपालका प्रधानमन्त्री ओलीले भने, भारतले एक इन्च जमिन पनि पाउँदैन्।’

त्यस्तै यसै बिषयमा बि.बि.सी हिन्दीले पनी समाचार लेखेको छ ।




तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार