जब हिमानी शाह ठमेलको नाइट क्लब पुगेर डान्स गरिन यस्तो भयो (भिडियोसहित)

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिवार बुहारी हिमानी शाहसंग ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । पूर्व जानकारी र सूचनाबीना अचानक शाह परिवार नाइटक्लव पुगेपछि त्यहाँ उपस्थितहरु पनि उत्साहित बन्न पुगेका थिए । भरीभराउ रहेको क्लवमा पूर्वराजा र हिमानीले निकै रमाइलो गरेका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पूर्वराजा र हिमानीले गरेको रमाइलो तस्बिर र भिडियोमा सार्वजनिक भएको छ ।

प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए । पूर्वराजा ज्ञानेन्द्र निकै खुसी मुद्रामा सर्वसाधारण नागरिक सरह नाचेका थिए । केहीबेर पूर्वराजाले मनोरञ्जन गरेपछि हिमानीले पनि त्यहाँ उस्थितहरुलाई रमाइलो गरेर साथ दिएकी थिइन् । यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए । पूर्व राजा शाह र हिमानीले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।

उनको साथमा छोरी र नातिनी पनि थिए । सर्वसाधारण नागरिक सरह मस्ती मुडमा देखिएका पूर्व राजपरिवारको भिडियो सार्वजनिक भएपछि अहिले भाइरल भइरहेको छ । धेरैले त्यसमा सकारात्मक प्रतिकृया दिएका छन् ।

ज्ञानेन्द्र शाहले डान्सबारमा विन्दास डान्स गर्दा डान्सबारमा उपस्थित भएका सर्वसाधारण समेत झुमेका छन् । पूर्व राजाले कोट खोलेर नाँचेको भिडियोमा देख्न सकिन्छ । हात हल्लाएर सबैलाई हौस्याएका देखिन्छन् । उनले कतिपय बेलामा आफ्ना समर्थकलाई अभिभादन समेत गरेका छन् । फ्लरमा उत्रिएर सर्वसाधारणसँग अंगालो मारेका छन् भने सेल्फीसमेत खिचेका छन् । हिमानी पनि आफ्ना समर्थकसंग सेल्फि खिचेको देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस
नेपाली फुटबलको एकलौटी तानाशाही प्रवृति ,म्याच फिक्सिङ काण्ड,अध्यक्षको भ्रष्टाचार काण्ड पर्दाफास सँगै फेरि एक पटक नाईट क्लबमा मोज मस्ती गरेको समाचार बाहिर आएको छ।जसले आम फुटबल प्रेमीलाई चासो र चिन्तनको बिषय बन्न पुगेको छ। मिडियामा आउने नकारात्मक टिप्पणीहरु र उनले भोलिको दिनमा गर्न सक्ने उपलब्धिहरुको बारेमा पनि चासो दिनु हाम्रो कर्तब्य हो।

हाम्रा नेपाली खेलाडी चाहे फुटबल ,भलीबल,क्रिकेट ,कराते जस्ता आदि खेलमा देश बिदेस बाट ट्रफी,मेडल र देशलाई बिश्व सामू चिनाउन सफल हुनु कम ठुलो कुरा होइन।तर हाम्रो संस्था, निकायले सानो सानो घटनालाई लिएर उनले गरेको काम प्रति तिरस्कार ,असंतुष्ट पैदा गराउनु उनिहरुको आत्मबल कम गराउनु हो। खेल खेल्नु कुनै नेताले भाषण गरेर उपस्थित सबैलाई आकर्षित पारे जस्तो सहज होइन। न गर्मी न जाड़ो समझेर मैदानमा उत्रनु कुनै आपसी देश देश बीचको द्वन्द्व भन्दा कम हुदैन। मैदानमा गएपछि कस्तो खालको जोश देश प्रतिको माया र बिपक्ष प्रतिको कस्तो खालको आक्रोश हुन्छ भन्ने त्यो खेलाडीलाई देखेर र महसूस गर्दा थाहा हुन्छ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कार्यबाहि गरेको छ जस मध्यका एक खेलाडी बिमल घर्ती मगर जसले सन् २०१६ मा बंगलादेशको ढाकामा भएको बंगलबंधु कप भित्राउने पनि त्यही खेलाडी हुन। २३ बर्षपछि अन्तर्रास्ट्रीय पदक दिलाउन सफल खेलाडीलाई यसरी लज्जास्पद तरिकाले कार्यबाहि गर्नु न्याय सँगत नहोला।

जो गरीब राष्ट्रका गरीब खेलाडी जसले आधा पेट खाएर, दक्ष ज्ञान प्रबिधीको कमीलाई अन्यत्र नदेखाइ राष्ट्रका निम्ति खेल बिश्व सामू चिनाउन सधै लागी पर्ने खेलाडीको यो दुर्गति हुनुले आगामी नया आउने खेलाडीलाई समेत नराम्रो असर पर्ने देखिन्छ।राष्ट्रले खेलाडी प्रति कस्तो खालको खानपान सेवा सुबिधा प्रदान गरेको छ त्यसलाई बेवास्ता गरी हाम्रा खेलाडीले आफ्नो देशको लागी बिजयको खेल खेल्नु कुनै युद्ध जित्नु भन्दा कम पक्कै होइन।

देशले खेलाडी लाई हौसला ,सुबिधा दिन नसके पनि उनिहरुको आत्मबल गिरने खालको प्रबृति नगरोस भन्ने हो।न त कुनै खेलाडी सँग कुनै घमण्ड छ न त कुनै खेलाडी सँग मनघ्य आर्थिक पार्जन नै तर आफ्नो देशको लागी जति लगी रहे पनि यो देशले गतिलो सम्मान र कुनै रोजगार ,औषधि उपचार जिबनयापनको ग्यारेन्टी दिन सकेको छैन । यसको जिम्मेवार को हो ? सरकार की अहिलेको राजनीतिक माहोल ? तर देशका खेलाडीले जितेर आएमा त्यसको जस लिन नेता र कार्यकताको लाइन र भाषण जो आफैले जितेर आएको भन्दा बढी हुन्छ यसलाई के ठान्ने जो खेल मैदानमा खेलाडीले युद्ध जीते भन्दाबढी आफ्नो देशको नाम संसार भर चिनाउन सफल छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार