खाडीमा नेपालीकाे दर्दनाक अवस्था, नेपालीलाई बचाउदा आँफै परे जे’लमा (भिडियो)

सुनौलो भविष्यको खोजीमा आमाबुबालाई सुख दिन्छु, छोरालाई राम्रो विद्यालयमा पढाउँछु, लागेको ऋण तिर्छु भनेर २०६७ सालमा म्याग्दी जिल्ला दरबाङ गाविस वडा नम्बर ९ निवासी राजकुमार निउरे कतार गएका थिए।

काठमाडौंको हात्तीगौँडास्थित गल्फ म्यानपावरलाई १ लाख २० हजार रुपैयाँ बुझाएर २०६८ साल जेठ महिनाको २९ गते उनी साउदी अरब उडेका थिए । त्यहाँ गएपछि पनि कम्पनीले भने जस्तो तलब नदिएपछि परिवारको दुःख सम्झेर धेरै पैसा कमाउने अभिलासामा केही साथीहरुको कुरा सुनेर अवैधानिक रुपमा काम गर्न थाले ।

दुःखीलाई भगवानले पनि दुःख मात्र दिन्छन् भनेझैँ अवैधानिक रुपमा काम गर्न थालेपछि उनीमाथि दुःखको पहाड नै खस्यो । नेपाली साथीको झ*गडा परेकाले छुट्याउन गएका राजकुमारमाथि साथीको नि*धनसँगै बज्रपात आइलाग्यो ।

ज्या’न जोगाएर अस्पतालसम्म पु¥याउने उनीमाथि नै कमललाई मा’रेको झु’टो आ’रोप लाग्यो । त्यो बिरानो सहरमा म निर्दोष छु भनेर रोइकराई गर्दा पनि सुनिदिने कोही भएन । अन्ततः उनलाई ५ वर्ष जेल सजाय र ३० लाख क्षतिपूर्तिको माग गरेर जे’ल चलान गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार