ऋतिक रोशनले १० वर्षको उमेरमा गरेको ‘डान्स’ सामाजिक संजालमा भाइरल बन्दै (भिडियो सहित )

एजेन्सी,नृत्यमा पोख्त बलिउड अभिनेता ऋतिक रोशन ४५ वर्षको उमेरमा पनि उत्तिकै उत्कृष्ट अभिनयसँग–सँगै उत्कृष्ट नृत्य प्रस्तुत गर्न सक्छन् । उनले पछिल्लो फिल्म ‘वार’ मा ‘जय जय शिव शंकर’ गीतमा उनले टाइगर श्राँफलाई दिएको चुनौतीले पनि उनी अझै उत्तिकै नृत्यमा पोख्त छन् भन्ने प्रमाण दिन्छ ।यसैबीच उनले १० वर्षको कलिलो उमेरमा नै गरेको परिपक्क नृत्यले धेरैको ध्यान खिचेको छ ।

उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।उनकी आमा पिंकी रोशनले उनको बच्चाबेलाको उक्त भिडियो सार्वजनिक गरेकी हुन् ।भिडियो ऋतिकको बचपनको हो । उनी भिडियोमा डिजेसँग नाचिरहेकाछन् । उनीसँगै अन्य बच्चाहरु पनि नाचिरहेका छन् ।

उनले यसरी नाचिरहेका छन् उनी एक परिपक्व डान्सर हुन् । पिंकीको उक्त भिडियोमा डिजाइनर जोडी सन्दिप खोसला र अबू जानीले रेड हार्ट इमोजी रियाक्ट गरेका छन् ।

यो पनि पढ्नुहोस,
मन्त्रीमण्डल हेरफेरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच मतभेद बढेको भन्ने आशयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै सचिवालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित ती समाचार भ्रामक भएको जीकिर गरेको हाे ।

सचिवालयले विज्ञप्तीमा भनेको छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।

‘ सचिवालयले मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेकोमा अध्यक्ष प्रचण्ड स्पस्ट रहेको समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार