यस्तो ठाउँ जहाँ आफ्नै बाबुसँग गराइन्छ छोरीको बिहे ! भिडियो सहित

एजेन्सी
विश्वमा अनेक जातजाती तथा समुदाय छन् । उनीहरुका आ–आफ्नो चलन तथा रीतिरिवाज पनि छन् । सुन्दा पत्याउनै नसकिने कुरीतिहरु अझै प्रचलनमा रहेको पाइन्छ । केही विस्थापन भए पनि केही प्रचलनलाई भने त्यस्ता समुदायले मान्दै आएका छन् । एउटा यस्तै रोचक प्रचलन बंगलादेशमा अझै रहेको बताइन्छ । जहाँ आफ्नै बाबुसँग छोरीको बिहे गराइन्छ । एक समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको सपना देखाइन्छ ।

बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने भैसक्दासम्म आफ्नो बुवालाई नै मानसिक रुपमा लोग्ने स्वीकार्ने अवस्थामा पुगिसकेका हुन्छन् । बंगलादेशमा बस्ने एक आदिवासी समुदायमा यो प्रथा प्रचलित छ । त्यहाँको मण्डी जातिमा प्रचलित बाउले आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ । यो समुदायमा अर्को प्रथा पनि रहेको छ । जस अनुसार यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृत्यु भएमा विधवा महिलाले लोग्नेका परिवारका कुनै पुरुष सदस्सँगै बिहे गर्नुपर्दछ ।

भारत र बंगलादेशमा गरी मण्डी समुदायका २० लाख मानिस छन् । उनीहरुलाई गारो जातिका नामले पनि चिनिन्छ ।

यो पनि पढ्नुहोस

वर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा कात्तिक १८ गते पुर्पक्षका लागि जेल चलान भए । जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । बन्दीका रुपमा महराले जेल जीवन बिताइरहेका छन् ।

जेल अन्य भीआईपी कैदीबन्दीभन्दा महराको दिनचर्या सामान्य रहेको डिल्लीबजार कारागार सदरखोरकी शाखा अधिकृत सीता अधिकारीले बताइन् । ‘महराज्यूको आनीबानीको बारेमा मैले आजै बुझेकी थिएँ, उहाँ सामान्य रुपमा दिनचर्या बिताइरहनुभएको छ,’ शाखा अधिकृत अधिकारीले लोकान्तरसँग भनिन्, ‘उहाँमा अन्य भीआईपी कैदी जस्तो घमण्ड पनि देखिएन ।’

डिल्लीबजार कारागारमा बन्दी ढड्डाको ३४३ नम्बर बन्दीका रुपमा कृष्णबहादुर महराको नाम दर्ता छ । पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला महराका जेलका साथी बनेका छन् ।

महरा हरेक दिन बिहान ४ बजेदेखि ५ बजेसम्म ब्यूझिने गरेका कारागारका चौकीदार दिपक गिरीले बताए । ‘राति ९ बजे महरा सरको सुत्ने समय हो,’ चौकीदार गिरीले भने, ‘उहाँ उठिसकेपछि अन्य साथीहरूलाई पनि उठाउनुहुन्छ । उठौं साथीहरू उज्यालो भइसक्यो भनेर अरूलाई पनि भन्नुहुन्छ ।’

डिल्लीबजार कारागारमा कृष्णबहादुर महरासँगै निलम्बित सांसद रेशम चौधरी, डीबी कार्की, रमेश चन्द ठकुरी, रञ्जन कोइराला, शम्भु भारतीसहित ६ जना भीआईपी कैदीबन्दी छन् । महरा लगायत भीआईपीलाई अन्य कैदीबन्दीसँग नराखेर छुट्टै सानो समूहमा राखिएको शाखा अधिकृत अधिकारीले बताइन् । ‘सुरक्षाको हिसाबले उहाँहरूलाई ठूलो समूहमा नराखेर छुट्टै सानो समूहमा राखिएको छ,’ अधिकारीले भनिन् ।

महराले बिहान उठ्ने वित्तिकै नित्यकर्म सकेपछि घाम ताप्ने र फलफूल खाने गरेका छन् । उनको दिनचर्या धेरैजसो किताब पढेर बित्ने गरेको शाखा अधिकृत अधिकारीले लोकान्तरसँग बताइन् । ‘उहाँले धेरैजसो किताब पढेर दिन बिताउनुहुन्छ, अहिले पनि उहाँ सामान्य जीवनशैली बिताइरहनुभएको छ,’ अधिकारीले भनिन् ।

हप्ताको २ दिन मात्रै महराले भात खाने गरेका छन् । अन्य ५ दिन कारागारको मेसमा रोटी खाने गरेको अधिकारीले बताइन् । ‘महराज्यूको लागि मेसमा रोटीको व्यवस्था गरिएको छ, बाहिरबाट ल्याउने अन्य व्यवस्था गरेका छैनौं,’ अधिकारीले भनिन् ।

महराले जेलभित्र सामान्य बन्दीसरह व्यवहार गर्न भनेका छन् । ‘अरू कैदीबन्दी जस्तै म पनि उस्तै हुँ,’ महराको भनाइ उदृत गर्दै चौकीदार दिपक गिरीले भने, ‘मलाई अन्य कैदीबन्दीहरूलाई जस्तै व्यवहार गर्नुहोला, म पनि अरू जस्तै नै हुँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार