पूर्व राजा र हिमानीको क्लब चर्चा प्रति दिपकले लेखे यस्तो…

काठमाडौँ – चर्चित हाँस्यकलाकार तथा अभिनेता दिपक राज गिरिले जीवन जिउने कला पूर्वराजा ज्ञानेन्द्र शाहबाट सिक्नुपर्ने बताएका छन्।ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर रमाउँदै गरेका ज्ञानेन्द्रको तस्विर सहित गिरिले सामाजिक संजाल मार्फत जीवन जिउने कला पूर्वराजा ज्ञानेन्द्र शाहबाट सिक्नुपर्ने बताएका हुन्।

वैचारिक हिसाबले ज्ञानेन्द्र आफूलाई कहिल्यै मन नपरेको भएता पनि व्यक्तिको रुपमा भने ज्ञानेन्द्र एक पाठशाला रहेको गिरिको बुझाइ छ। सामाजिक संजाल फेसबुकमा उनी लेख्छन्,” वैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाइ ….तर, व्यक्ति ज्ञानेन्द्र चाहिं स्वयं एउटा पाठशाला हो।”

सबै कुरा गुमाउँदा पनि ज्ञानेन्द्र खुलेर रमाइरहेको प्रति सम्मान व्यक्त गर्दै गिरिले प्रशंसा गरेका छन्। जिन्दगी बाँच्ने कला ज्ञानेन्द्र भन्दा बढी अरु कसैले सिकाउन नसक्ने उनको जिकिर छ। “सबै कुरा गुमाउँदा पनि यो मुस्कान , यो स्वच्छन्दता… जिन्दगी बाँच्ने कला उहाँले भन्दा बढी कस्ले सिकाउन सक्छ ? …..”,गिरिले प्रश्न गरेका छन्।

यो पनि पढ्नुहोस,

दोलखा–पाँच वर्षदेखि सडक निर्माण सम्पन्न नगरेको भन्दै दोलखामा व्यवसायी र नागरिक समाजले विरोध गरेका छन् ।

गत शनिवार ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दीपक सापकोटाको तस्वीर सवारीसाधन, बिजुलीका पोल र सार्वजनिक स्थानहरुमा टाँसेर दबाब दिएका थिए ।

त्यस्तै आज (मंगलबार) उनीहरुले दोलखाको सदरमुकाम चरिकोटस्थित मानवसाङ्लो बनाएर सडक तत्काल कालोपत्रे गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेका छन् ।

जनतालाई सास्ती दिने खाडीचौर-मुडे-चरिकोट सडक निर्माण ठेक्का लिई लथालिङ्ग पारेर शंकर माली निर्माण सेवाका ठेकेदार दीपक सापकोटा लगायतका व्यक्तित्वको बदमासीको विरुद्ध दबाबमूलक कार्यक्रम गरेको दोलखाबाट व्यवसायी भरत श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार