चलचित्र ‘माछा माछा’को गीत सार्वजनिक(भिडियो सहित)

काठमाडौँ । नेपाली फिल्म ‘माछा माछा’ को पहिलो गीत सार्वजनिक भएको छ । । ‘म्याडम म्याडम’ बोलको गीतमा अनुपम शर्माको स्वर र संगीत रहेको छ । गीतको भिडियोमा सौगात मल्ल र सृष्टि श्रेष्ठसँगै विजय बराल र अनोज पाण्डेले पनि अभिनय गरेका छन् ।

यो फिल्म तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा आधारित रहेको छ । रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण फिल्मलाई सुनिल गुरुङले निर्देशन गरेका छन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायाकंन , निमेष श्रेष्ठको सम्पादन , प्रविन सिंहको कोरियोग्राफी र सुनिलकै लेखन रहेको छ ।

फिल्ममा सौगात, विजय र अनोजसँगै माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म मंसिर २० बाट रिलिज हुदैँछ । हेरौ भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार