काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवसका अवसरमा उनको तस्वीरमा दीप प्रज्वलन गरे ।
खुमलटारमा प्रचण्डले पुत्र प्रकाशको तस्वीरमा फुल चढाएर भावपूर्ण स्मरण गरे । प्रकाशलाई स्मरण गर्न खुमलटारमा प्रकाशका आफन्त परिवार लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सुरुदेखिनै सक्रीय प्रकाश माओवादी शान्ति प्रक्रियामा आएपछि पिता पुष्पकमलको निजी सचिवालयमा कार्यरत थिए । २०७४ मंसिर ३ गते हुदयघातबाट प्रकाशको निधन भएको थियो ।