काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिवार बुहारी हिमानी शाहसंग ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । पूर्व जानकारी र सूचनाबीना अचानक शाह परिवार नाइटक्लव पुगेपछि त्यहाँ उपस्थितहरु पनि उत्साहित बन्न पुगेका थिए ।
भरीभराउ रहेको क्लवमा पूर्वराजा र हिमानीले निकै रमाइलो गरेका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पूर्वराजा र हिमानीले गरेको रमाइलो तस्बिर र भिडियोमा सार्वजनिक भएको छ ।
प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए । पूर्वराजा ज्ञानेन्द्र निकै खुसी मुद्रामा सर्वसाधारण नागरिक सरह नाचेका थिए ।
केहीबेर पूर्वराजाले मनोरञ्जन गरेपछि हिमानीले पनि त्यहाँ उस्थितहरुलाई रमाइलो गरेर साथ दिएकी थिइन् । यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए । पूर्व राजा शाह र हिमानीले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।
उनको साथमा छोरी र नातिनी पनि थिए । सर्वसाधारण नागरिक सरह मस्ती मुडमा देखिएका पूर्व राजपरिवारको भिडियो सार्वजनिक भएपछि अहिले भाइरल भइरहेको छ । धेरैले त्यसमा सकारात्मक प्रतिकृया दिएका छन् ।
ज्ञानेन्द्र शाहले डान्सबारमा विन्दास डान्स गर्दा डान्सबारमा उपस्थित भएका सर्वसाधारण समेत झुमेका छन् । पूर्व राजाले कोट खोलेर नाँचेको भिडियोमा देख्न सकिन्छ । हात हल्लाएर सबैलाई हौस्याएका देखिन्छन् ।
उनले कतिपय बेलामा आफ्ना समर्थकलाई अभिभादन समेत गरेका छन् । फ्लरमा उत्रिएर सर्वसाधारणसँग अंगालो मारेका छन् भने सेल्फीसमेत खिचेका छन् । हिमानी पनि आफ्ना समर्थकसंग सेल्फि खिचेको देख्न सकिन्छ ।