काम छ भन्दै काठमाडौं आएका छोरा एकैचोटी टेलिभिजनमा देखिंदा थामिएन राम लिम्बूकी आमाको आँशु(भिडियो)

काठमाडौं, । झापाका राम लिम्बु ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप १० मा पुग्न सफल भएका छन् । एकपछि अर्को धमाकेदार प्रस्तुति दिएर कोचहरुलाई नै चकित बनाएका राम लिम्बुले हालसम्म संगीतको औपचारिक कक्षा भने लिएका छैनन् ।

ब्लाइन्ड अडिसनपछि कोच दिप श्रेष्ठको टिममा रहेर भ्वाइसको यात्रालाई अघि बढाइरहेका राम जव ब्याटल राउण्डमा टिम दिपबाट फालिए तव निरास हुँदै स्टेजबाट बाहिरिंदै थिए त्यत्ति नै बेला कोच प्रमोद खरेलले उनलाई स्टिल गरेपछि रामको भ्वाइसको यात्रा पुनः अगाडी बढेको हो ।

कोच प्रमोदले उनलाई स्टिल गर्दा उनि कति खुशी भएका थिए भन्ने कुरा त्यसबेलाको उनको एक्सप्रेसन र जेस्चरले देखाइरहेको थियो । कोच प्रमोदले उनलाई स्टिल गरेपछि आभार पकट गर्दै रामले प्रमोद्लाई निकै पटक हग गरेका थिए ।

यसरि टिम दिपबाट टिम प्रमोदमा पुगेका रामले नकआउट चरण पनि सजिलै पार गरे, र अहिले लाइभ राउण्डमा आफ्नो प्रस्तुतिले सबैलाई लोभ्याइरहेका छन् । लाइभ राउण्डको दुई वटा प्रस्तुतिमा उनले लगातार ‘पर्फर्मर अफ द डे’को पुरस्कार नै जितिसकेका छन् ।

यसैबीच झापामै बसिरहेकी उनै रामकी आमा हाल भने पहिलो पटक मिडियामा आएकी छन् । गीत गाएर खान पुग्दैन भन्दै रामले गीत गाउँदा गाली गर्ने आमा छोरोको यो प्रगति देखेर मख्ख छन् ।

उनी मख्ख मात्र छैनन्, रामलाई गीत गाउँदा गाली गरेकोमा पछुतो समेत मानेकी छन् । उनि भन्छिन्- ‘छोराछोरीले जे गर्न इच्छा गरेको छ त्यहि गर्न दिनु पर्ने रहेछ, पहिले गीत गाउँदा बाँसघारीमा गएर गीत गा भन्थे अहिले पछुतो लाग्छ ।’

गफ गर्ने क्रममा आमाले एउटा कुराको पनि खुलासा गरिन् कि राम ब्लाइन्ड अडिसनका लागि काठमाडौं आउँदा आमालाई जानकारी नदिइ आएका रहेछन् । काम छ भनेर काठमाडौं आएका छोरालाई एकैचोटी टेलिभिजनको स्क्रिनमा देख्दा उनि चकित भएकी थिइन् । उनै रामकी आमासँग गोल्डेन टिभीले गरेको कुराकानी हेर्नुहोस्-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार