भारतीय मुख्यमन्त्री रावतले मुख खोले , कालापानी भारतकै भएकोले भारतकै रहने

काठमान्डू,
भारत उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालपानी भारतकै भएकाले भारतकै रहनेमा दुई मत नभएको दावी गरेका छन् । नेपाली भूमि कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा राखेको भन्दै नेपालमा भइरहेको विरोधबारे उत्तराखण्डका मुख्यमन्त्रीले कालापानी भारतै हिस्सा भएको दावी गरेका हुन् ।

भारतको अमर उजाला पत्रिकाका अनुसार मुख्यमन्त्री रावतले नेपालमा भइरहेको विरोध प्रदर्शनलाई चिन्ताजनक भएको उल्लेख गर्दै कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गर्दै त्यो सधैँ भारतमै रहने तर्क समेत गरे । उनले दुई देशबीचको मित्रता पूरानो भएकाले सीमाको समस्या दुईदेशबीच छलफलका आधारमा टुंग्याउने समेत बताए ।

तर, त्रिवेन्द्रले नेपालको कार्य संस्कृतिमाथि प्रश्न गर्दै भारतविरोधी गतिविधि नेपालको संस्कृति नभएको भन्दै सीमाको विषय उछाल्ने तत्वहरूलाई दुबै देशका सरकारले रोक्नुपर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस
काठमाडौं– सरकारले प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जनधनको क्षति तथा जोखिम व्यवस्थापनको काम थालेको छ । यसपटकको बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति बेहोरेको मुलुकका लागि हिमपात र शीतलहरको समेत उत्तिकै जोखिम पार्नसक्ने भएकाले सरकारले क्षति रोक्न समयमै आवश्यक प्रक्रिया थालेको हो । हिमपात र शीतलहरका कारण ज्यान गुमाउनुपर्ने अवस्था रोक्न तयारी थालिएको गृह मन्त्रालयले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले गत वर्ष चुस्त तयारीका कारण शीतलहरबाट मानवीय क्षति नभएको स्मरण गर्दै यसपटक पनि क्षति बेहोर्नु नपर्ने गरी आवश्यक तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सरकारी आँकडामा विसं २०७५ मा शीतलहरबाट मानवीय क्षति भएको छैन । विसं २०७४ मा ४८ जनाले ज्यान गुमाएका थिए । सिराहा, रौतहट र सप्तरीमा बढी मानवीय क्षति भएको थियो । वि.सं २०६८ मा ६६ जनाले ज्यान गुमाएको गृह मन्त्रालयसँग तथ्याङ्क छ । मुख्यगरी तराईका जिल्लामा शीतलहरले बढी मानवीय क्षति हुने गरेको छ ।

‘शीतलहरबाट कोही पनि मर्नु नपरोस् भनेर आवश्यक स्रोत साधनको पूर्वप्रबन्ध, सचेतना अभिवृद्धि, सम्भावित प्रभावितको उद्धार तथा राहतका कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन थालेका छौँ’, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख इन्दु घिमिरेले भनिन् ।

मन्त्रालयले बढी हिमपातबाट जोखिम क्षेत्र भनेर ताप्लेजुङ सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्वलाई पहिचान गरेको छ ।

शीतलहरबाट प्रभावित जिल्लामा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर छन् ।

गृहले आवश्यक तयारीस्वरुप स्थानीय तहसँग समन्वय गरी शीतलहर र चिसोसम्बन्धी आवश्यक तयारी गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । आवश्यक मौज्दात सामग्रीलाई दुरुस्त राख्नसमेत भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार