म्यासेज गर्ने यी ५ तरिकाबाट थाहा पाउनुस् ,केटीको मनमा तपाईको लागी माया छ या सिर्फ साथी !

काठमाडौँ । एक समय हामीसँग आफ्नो भावना साटासाट गर्नको लागी सिमित स्रोतसाधन मात्र थियो । तर आजको आधुनिक युगमा विभिन्न माध्यमहरु आएका छन् । जुन एकअर्काको भावनालाई अर्कोसँग साटासाट गर्ने र सिकाउने माध्यम बनेको छ । त्यसैले आजकाल मानिसहरु फेसबुकबाट म्यासेज गरेर कुराकानी गर्ने गर्दछन् ।

तर युवायुवतीहरु कुराकानी गदै जादाँ कोही साथी बन्छन् भने कोही साथी भन्दा माथि पनि हुन्छ । अधिकांश युवायुवतीको फेसबुकको जीवनसाथीको खोजीमा हुन्छन् , तर त्यसैक्रममा धेरैले बुझन सक्दैनन् , साथीको रुपमा मात्र होकी , त्यो भन्दा माथि हो भनेर । त्यसैले आज हामी तपाईलाई फेसबुकमा कुरा गर्ने साथीसँग माया छ कि साथी मात्र हो । हेर्नुस् सजिलो टिप्स

निक नेमको प्रयोग
यदि तपाईको नजिकको साथीले निक नेम राखेर कुरा गर्छे भने सम्झनुस् साथीभन्दा पनि केही माथिको संकेत हो । यदि यस्तो भएमा सम्झनुस् तपाई स्पेशल मान्छे हो ।

प्रर्सनल इमोजिज या स्टीकर धेरै पटक पठाउनु
यदि कसैले तपाईलाई मन पराउँछ भने इमोजीज र स्टिकर पनि संकेत बन्न सक्छ । तर साथीको रुपमा पठाइएको इमाजीज र स्टिकर लामो समयमा मात्र आउँछ । त्यो पनि साथी र साथीभन्दा माथिमा निकै फरक हुन्छ ।

हरेक दिन लामो समयसम्म कुरा गर्नु
यदि तपाईको केटी साथी साच्ची नै मन पराउछे भने जतिसुकै ब्यस्त भएपनि लामो समयसम्म कुरा गर्ने गर्दछन् । त्यति मात्र होइन् ,केटीले तपाईको हरेक दिनको प्यान जान्न उत्सुकता देखाउछिन् भने सम्झुस् माया छ ।

प्रत्येक फेसबुक प्रोफाइल र स्टाटसमा कमेन्ट गर्नु
यदि कसैले हरेक फेसबुक प्रोफाइल र स्टाटसमा कमेन्ट गर्छ भने सम्झनुस् माया छ । त्यसका साथै आफ्नो तस्विर र स्टाटसमा के गर्ने के नगर्ने भनेर सजेशन गर्छे भने मनमा तपाईको माया छ ।

आफ्नो बच्चापनको तस्विर सेयर गर्ने
तपाईको केटी साथी बच्चापनको फोटो इडिट गर्ने तथा अन्य तस्विरहरु जोडेर पठाउछिन् भने सम्झनुस् केही लुकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार