सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार ७ बजेर ४५ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिएको छ । भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ।

चितवन । चितवनमा बजार अनुगमन प्रभावकारी नहुदाँ ठगी गर्ने क्रम मौलाएको छ । जसका कारण आम उपभोक्ताहरु चर्को मारमा परिरहेका छन् ।पछिल्लो समयमा विभिन्न दैनिक उपभोग्य बस्तुको प्रभावकारी रुपमा नियमन तथा अनुगमन नहुदा ठगी गर्ने क्रम बढेको हो ।
पछिल्लो समयमा विभिन्न दैनिक उपभोग्य बस्तुको प्रभावकारी रुपमा नियमन तथा अनुगमन नहुदा ठगी गर्ने क्रम बढेको हो ।सम्बन्धित निकाय मौन बसेकै फाइदा उठाउदै चितवनमा एक ग्याँस कम्पनीले ठगी गर्दै आएको भेटिएको छ । पश्चिम चितवन अन्तर्गत भरतपुर महानगरको वडा नम्बर १६ को विजय नगरमा कम तौल भएका ग्यास सिलिण्डर भेटिन थालेको छ ।
स्थानीय दीपक पोख्रेलले किनेका बाबा ग्याँसले १४.२ किलो ग्यासको तौल हुनुपर्नेमा साढे ५ किलो तौल कम गरेर ठगी गरेको भेटिएको हो ।उनका अनुसार आफूहरुले ग्याँस डिलरमा गएर ग्याँस लिएर आएपछि शंका लागेपछि तौल नाप्दा कम तौल भेटिएको बताए ।
योसँगै उनले आफू केही सक्रिय भएका कारण तौल पुन नापेपछि थाहा पाएको भन्दै बाबा ग्याँसले धेरैलाई ठगेको हुन सक्ने आशंका समेत व्यक्त गरे ।वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले व्यवसायीले कम तौलका सिलिन्डर बिक्री गरेकाले कालोबजारी तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही गरिने जनाएको छ ।