काठमाण्डौ – मंगलबारको तुलनामा बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको थियो ।
आज बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ १३ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको थियो ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा पुगेको छ । हिजो ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको थियो ।
बुधबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८४ पैसा रहेको छ । हिजो खरिददर ३७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ५७ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर ३०४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६८ पैसा रहेको थियो ।
यो पनि पढ्नुहोस
काठमाडौं : रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा मंसिर १९ गते हुने भएको छ । त्यसका लागि कम्पनीले बिहीबार (मंसिर ५ गते) बुक क्लोज गर्दैछ । यसर्थ, आज बुधबार (मंसिर ४ गते) कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । लाभांश वितरण गर्ने प्रस्ताव छैन । यसको अर्थ, यसपटक लगानीकर्ताको हात रित्तै हुने भएको छ ।
कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश हुनेछ । साधारण सभा राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा बिहान ११ बजेबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।