दोहा : १४ वर्षदेखि इराकमा अलपत्र परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ। रूपन्देहीकी ५१ वर्षीया टीका सेनलाई एनआरएनए कुवेतले उद्धार गरेर नेपाल फर्काएको हो।
एजेन्ट मार्फत भारतको दिल्ली, दुबई हुँदै इराकको बग्दाद पुगेकी थिइन्। टीकालाई त्यहाँ हाउसमेडको रूपमा पठाइएको थियो। सुरुको २ वर्ष राम्रैसँग बिताएकी उनी त्यसपछि भने समस्यामा परेकी थिइन्।
युद्ध चलिरहेका बेला उनी बस्ने पुरै बस्ती नै युद्धरत पक्षले बमले ध्वस्त पारेको थियो। उक्त हमलामा उनी भाग्न त सफल भइन तर बस्ने मालिकका परिवार जिउँदा रहेकी रहेनन् भन्ने केही अत्तोपत्तो भएन। घर ध्वस्त हुँदा उनको राहदानी पनि गुम्यो।
त्यसपछि अर्को घरमा काम गर्न थालेकी उनी राहदानी नभएका कारण नेपाल फर्कन सकेकी थिइनन्। नेपाल फर्कन अनेकौँ कोसिस गरिरहेकी उनी एकजना कुवेतमा कार्यरत इराकी नागरिकको सम्पर्कमा आएकी थिइन्।
ती व्यक्तिले उनको समस्याबारे एनआरएनए कुवेतलाई जानकारी गराएका थिए। एनआरएनए कुवेतको लामो प्रयास पछि पिडित महिलालाई नेपाल फर्काउन सफल भएको एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए।
आफू कार्यरत मुलुकभन्दा पर रहेको एक अशान्त मुलुकमा १४ वर्षदेखि अलपत्र नेपाली महिलाको उद्धार गर्न सकेकोमा अध्यक्ष केसीले पनि खुसी व्यक्त गर्दै उद्धार कार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे।
साबधान: म;रेको कुखुराको मासु खाँदा १५ वर्षीया किशोरीको ज्या’न गयाे, ९ जना सि’ किस्त
काठमाडौं । म’रेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरीको ज्या’न गएकाे छ । ज्यान जानेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । म’रेको कुखुराको मासु खाँदा अन्य ९ जना बि’रामी भएका छन् ।
शनिबार साँँझ म’रेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बि’रामी परेका स्थानीय केशव पन्तले जानकारी दिए ।
मासु खाएपछि बान्ता हुने, झाडापाखालालगायतका लक्षण देखिएको बताइएको छ । शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलबार घरमै ज्य’ान गएकाे हो ।
मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की बि’रामी परेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।